The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

४० देखि ७० प्रतिशत मृत्युदर भएको निपाह भाइरसप्रति नेपाल सतर्क, अस्पताललाई सूचना अनिवार्य

निपाह भाइरसको जोखिम बढ्दै: देशभरका अस्पताललाई सतर्क रहन सरकारको निर्देशन


४० देखि ७० प्रतिशत मृत्युदर भएको निपाह भाइरसप्रति नेपाल सतर्क, अस्पताललाई सूचना अनिवार्य

Brain viral infection, Viral meningitis and encephalitis. 3d illustration

ADVERTISEMENT

निपाह भाइरसको लक्षण देखिएका बिरामी र त्यस्ता लक्षणबाट मृत्यु भएका व्यक्तिको विषयमा जानकारी दिन महामारी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पताललाई निर्देशन दिएको छ । नेपालमा प्राणघातक निपाह भाइरसको संक्रमण फैलनसक्ने संभावनालाई मध्यनजर गरेर महाशाखाले यस्तो निर्देशन दिएको हो ।

भारतको पश्चिम बंगाल राज्यमा संक्रमणका घटना देखिएपछि नेपालमा पनि सतर्कता अप्नाउन थालिएको छ । पश्चिम बंगालमा एक साताभित्र कम्तिमा ५ मानिसमा निपाह भाइरस संक्रमण देखिएको छ । त्यस्तै झन्डै १ सय जनालाई क्वारेन्टाइनमा पठाइएको भारतीय मिडियाले जनाएका छन् ।

‘निपाह भाइरस संक्रमण भएका मानिसहरु सीमा नाका हुँदै नेपाल आउने संभावना कम छ । किनकी संक्रमितहरु प्राय अवस्थामा गम्भीर हुन्छन् र प्राय पैदल या बस यात्रा गर्न सक्दैनन्,’ महाशाखाका डा अमृत पोखरेलले भने, ‘यी बिरामी सीधै अस्पताल आउने संभावना धेरै हुन्छ र हामीले अस्पतालहरुलाई सतर्क रहन भनेका छौं । सीमा नाकामा राखिएको हेल्थ डेस्कलाई पनि यस जोखिमबारे सतर्क गराएका छौं ।’

विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) का अनुसार निपाह भाइरस लागेका व्यक्तिमा ३ देखि १४ दिनसम्म लक्षणहरु विकास भइसक्छ । यस अवधिमा ज्वरों, टाउको दुख्ने, खोकी, घाँटी दुख्ने, श्वास प्रश्वासमा समस्यालगायत लक्षण देखिनसक्छन् । केही व्यक्तिमा मस्तिष्क सुन्निने पनि हुनसक्छ । गम्भीर अवस्थामा दुविधा, थकान र सिजर पनि हुनसक्छ ।

केही घटनामा बिरामीहरु २४ देखि ४८ घण्टासम्म कोमामा पुग्न पनि सक्ने चिकित्सकहरुले बताएका छन् । यस रोगले ज्यान लिने जोखिम ४० देखि ७० प्रतिशतसम्म रहेको डब्ल्युएचओले जनाएको छ । कोरोना भाइरसजस्तै निपाह भाइरस पनि जुनोकिट भाइरस रहेको डाक्टरहरु बताउँछन् । तर, यो कोरोना भाइरसको दाँजोमा यो धेरै प्राणघातक छ । प्रायजसोेः अवस्थामा संक्रमित जनावरमार्फत मानिसमा यो रोग सर्नसक्छ । संक्रमित जनावरको मासु खानाले पनि रोग फैलन्छ । चमेरोबाट यो भाइरस धेरैमा सर्ने जोखिम रहन्छ ।

सन् १९९९ मा पहिलोपटक निपाह भाइरसको पहिचान भएको थियो। मलेसिया र सिंगापुरमा संक्रमित सुुगुँरसँगको सम्पर्कमा पुगेका मानिसहरुमा श्वासप्रश्वास र मतिस्ष्क सुन्निने समस्या देखिएको थियो ।

भारतको पश्चिम बंगालमा २००१ मा निपाह भाइरसको महामारी फैलदाँ ६६ जना संक्रमित भएका थिए । ४५ जनाको निधन भएको थियो । सन् २००७ मा फेरि यो महामारी दोहोरियो । यतिबेला ५ जना संक्रमितमध्ये सबैको मृत्यु भएको थियो ।

२०१८ मा केरलामा यस भाइरसले १७ जनाको ज्यान गएको थियो । विज्ञहरुले यस समस्यालाई गम्भीर रुपमा लिइनुपर्ने बताएका छन् ।

‘यो भाइरस अन्य श्वासप्रश्वास सम्बन्धी भाइरसको दाँजोमा धेरै नै प्राणघातक छ,’ शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पताल काठमाडौंस्थित क्लिनिकल रिसर्च युनिटका प्रमुख डा‍‍. शेरबहादुर पुनले भने, ‘यसको प्रारम्भिक होस्ट चमेरो र सुँँगुर हुन् । जो हाम्रो देशमा पाइन्छ । मानिसबाट मानिसमा पनि सर्नसक्छ ।’

समान वातावरण र निकटताका कारण भारतबाट चमेरो सहजै नेपाल छिर्नसक्ने पनि चिकितसकहरुले बताए । त्यस्तै, खुला सिमानाका कारण संक्रमित मानिस समेत छिर्नसक्ने जोखिम छ ।अहिलेसम्म निपाह भाइरसको उपचारको व्यवस्था छैन । स्वास्थ्यकर्मीहरुले लक्षण हेरेर यसको उपचार गर्ने गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Natraj Technology advertisement

ताजा समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology