The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जर्जियामा सानो विमान व्यस्त सडकमा दुर्घटनाग्रस्त ।

जर्जियामा सानो विमान व्यस्त सडकमा दुर्घटनाग्रस्त ।
ADVERTISEMENT

अमेरिकाको जर्जिया राज्यमा एउटा विमान व्यस्त सडकमा दुर्घटनाग्रस्त भएको छ।

आपतकालीन अवतरण गर्ने क्रममा उक्त विमान सडकमा दुर्घटना भएको हो।

सोमबार जर्जियाको गेनसभिल सहरको व्यस्त सडकमा अवतरण गर्दा विमानले सडकमा गुडिरहेका सवारी साधनमा ठक्कर दिएको स्थानीय समाचार संस्थाहरूले जनाएका छन्।

प्रहरीका अनुसार एक इन्जिनयुक्त सानो प्रशिक्षण विमानमा प्राविधिक समस्या आएपछि पाइलटले सडकमा आपतकालीन अवतरण गराएका थिए।

विमानमा पर्याप्त शक्ति नहुँदा विमानस्थलसम्म फर्किन नसकेपछि पाइलटले सडकमै आकस्मिक अवतरण गरेको बताएका छन्।

घटनाको भिडिओ सामाजिक सञ्जालमा व्यापक रूपले फैलिएको छ। भिडिओमा विमान व्यस्त सडकमा अवतरण गरेपछि क्रमशः सवारी साधनहरूमा ठोक्किँदै गएको देखिन्छ।

दुर्घटनामा केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अवतरणपछि विमानको दायाँ पखेटाले एउटा सवारी साधनलाई छोएको थियो। त्यस क्रममा विमानको इन्धन ट्यांकी छुट्टिएर एउटा एसयुभीको पछाडिको भाग हुँदै अर्को सवारी साधनसम्म पुगेको थियो।

विमान दुर्घटनापछि उक्त सडक बन्द गरिएको छ।

स्थानीय प्रशासनले लामो समयसम्म ट्राफिक जाम हुन सक्ने भन्दै सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटिएसबी) का अनुसार विमान गेनसभिलस्थित ली गिल्मर मेमोरियल विमानस्थलबाट क्यान्टनको चेरोकी काउन्टी क्षेत्रीय विमानस्थलतर्फ जाँदै गर्दा उडानको केही समयमै इन्जिनमा समस्या आएको थियो।

एनटिएसबीका अनुसार पाइलटले गेनसभिलमै फर्केर अवतरण गर्ने प्रयास गरेका थिए। तर विमानमा पर्याप्त शक्ति नहुँदा सडकमा जबर्जस्ती अवतरण गर्नुपरेको र त्यस क्रममा विमान तीन वटा सवारीसाधनमा ठोक्किएको हो।

संघीय नागरिक उड्डयन प्रशासन (एफएए) का अनुसार हकर बिचक्राफ्ट बीई–३६ विमानले स्थानीय समय अनुसार सोमबार दिउँसो १२:१० बजे आपतकालीन अवतरण गरेको थियो। एफएएले घटनाबारे छानबिन सुरू गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology