The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

रोमान्चक खेलमा राजस्थानको बाजी: गुजरात ६ रनले पराजित, देशपाण्डे चम्किए

रोमान्चक खेलमा राजस्थानको बाजी: गुजरात ६ रनले पराजित, देशपाण्डे चम्किए
ADVERTISEMENT

काठमाडौं, २३ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत गएराति सम्पन्न निकै रोमान्चक खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ६ रनले स्तब्ध पारेको छ। अमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको यस प्रतिस्पर्धामा जित निकाल्दै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१० रनको विशाल योगफल खडा गरेको थियो। राजस्थानको इनिङ्समा ध्रुव जुरेल नायक बने। उनले मात्र ४२ बलमा ५ चौका र ५ छक्काको मद्दतले आक्रामक ७५ रन जोडे। त्यस्तै, ओपनर यशस्वी जैवालले ५५ रन र वैभव सूर्यवंशीले ३१ रनको योगदान दिएका थिए।

गुजरातका तर्फबाट कागिसो राबाडाले २ विकेट लिए भने प्रसिद्ध कृष्ण, अशोक शर्मा, रासिद खान र मोहम्मद सिराजले १–१ विकेट हात पारे।

२११ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले ८ विकेट गुमाएर २०४ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा गुजरातलाई जितका लागि ११ रन आवश्यक थियो। कप्तान रियान परागले अन्तिम ओभरको जिम्मेवारी तुषार देशपाण्डेलाई सुम्पिएका थिए।

देशपाण्डेले पहिलो बल वाइड फाले पनि त्यसपछिका बलहरूमा सटिक बलिङ गरे। अन्तिम दुई बलमा जितका लागि ७ रन चाहिएको अवस्थामा पाँचौँ बलमा कप्तान रासिद खान क्याच आउट भए भने अन्तिम बल डट भएपछि गुजरात जितबाट ६ रन टाढा रह्यो।

गुजरातका लागि ओपनर साइ सुदर्शनले ४४ बलमा ७३ रनको सानदार पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन्। कप्तान रासिद खान र कागिसो राबाडाले समान २३ रन बनाए। राजस्थानका तर्फबाट बलिङमा रवि विस्नोइले सर्वाधिक ४ विकेट लिए।

यस जितसँगै राजस्थान रोयल्स शीर्ष स्थानमा पुगेको छ भने लगातार दुई हार व्यहोरेको गुजरात सातौँ स्थानमा छ। शनिबारै भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको थियो।

आज (आइतबार) का खेलहरू पहिलो खेल: सनराइजर्स हैदराबाद विरुद्ध लखनउ सुपर जायन्ट्स (दिउँसो ३:४५ बजे) , दोस्रो खेल: आरसीबी विरुद्ध चेन्नई सुपर किंग्स (बेलुका ७:४५ बजे)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology