The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित

अंक तालिकामा दुई स्थान उक्लियो नेपाल

शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित
ADVERTISEMENT

आइसिसी विश्वकप लिग-२ को शीर्ष स्थानमा रहेको स्कटल्याण्डमाथि नेपालले विजय हासिल गरेको छ।

त्रिवि मैदान कीर्तिपुरमा सोमबार नेपालले स्कटल्याण्डमाथि ६ विकेटको सानदार जित निकालेको हो। १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा पूरा गरेको हो।

अन्तिम बलमा नेपाललाई २ रन आवश्यक रहँदा स्कटल्याण्डका माइकल लिस्कलाई कप्तान रोहितले छक्का प्रहार गरेका थिए।

कप्तान रोहित ७४ रन बनाउँदै नट आउट रहे। उनले ९८ बल खेलेर ५ चौका र २ छक्का प्रहार गरे।

इशान पाण्डेले ६१ बलमा ५५ रन बनाए। उनले ५ चौका र २ छक्का हाने। इशानको एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो खेल हो भने पहिलो अर्धशतक हो।

ओपनर कुशल भुर्तेलले २७ बलमा २८ रन जोडे। उनले ४ चौका र १ छक्का प्रहार गरे।

अर्का ओपनर आशिफ शेखले २९ रन बनाए। उनले १७ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

बलिङतर्फ मार्क वाटले २ विकेट लिए भने ब्रान्डन मिकमलेनले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको स्कटल्याण्डलाई नेपालले ३९.१ ओभरमा अल आउट गरी १९४ रनमा रोकेको थियो।

त्यस क्रममा ललित राजवंशीले चार विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए।

लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए। उनले १० ओभर बलिङमा ४७ रन खर्चिए। सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक/एक विकेट लिए।

स्कटल्याण्डका लागि ब्रान्डन मिकमलेनले ४४ बलमा ६ छक्का र ६ चौका प्रहार गरी ७३ रन बनाए। माइकल इङ्लिसले ७२ बलमा ५१ रन जोडे।

ओपनर जर्ज मुन्सीले २१ र मार्क वाटले २० रन बनाए।

स्कटल्याण्डविरूद्ध जारी सिरिजको पहिलो खेलमा नेपाल डिएलएस मेथडबाट २ रनले  पराजित भएको थियो।

दोस्रो खेलमा अमेरिका विरूद्धको खेलमा नेपालले १९६ रनको लक्ष्य पूरा गरेको थियो।

योसँगै नेपाल लिग-२ अंक तालिकामा दुई स्थान माथि उक्लिएको छ। यसअघि सातौं स्थानमा थियो। स्कटल्याण्डविरूद्ध जितसँगै क्यानडा र नामिबियालाई उछिनेको हो।

नेपालले अब बाँकी ९ खेल पनि जित्न सके सिधै विश्वकप छनोट खेल्न पाउनेछ।

जारी सिरिजमा पनि नेपालले एक खेल खेल्न बाँकी छ। शुक्रबार नेपालले सिरिजको अन्तिम खेल अमेरिकासँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology