The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जबरजस्ती करणी मुद्दाका आरोपित मुख्यमन्त्री कार्यालयका उपसचिव साह फरार

जबरजस्ती करणी मुद्दाका आरोपित मुख्यमन्त्री कार्यालयका उपसचिव साह फरार
ADVERTISEMENT

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साह जबरजस्ती करणी मुद्दामा फरार भएका छन् ।जनकपुर–९ स्थित सरकारी निवासमा मुख्यमन्त्री कार्यालयमै कार्यरत एक कर्मचारीको श्रीमतीलाई रातको समयमा नशालु पदार्थ खुवाएर जर्बजस्ती करणी गरेको भन्दै उपसचिव साहबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

२०८०/०८१—२० प (परिवर्तित नाम)ले चैत ३० गते जिल्ला प्रहरी कार्यालय धनुषामा उपसचिव साहविरुद्ध जबरजस्ती करणीको उजुरी गरेकी थिइन् ।

उनले दिएको उजुरीमा गत माघ १८ गते बिहीबार राति साढे १० बजेतिर उपसचिव साहले ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएका थिए । ‘त्यो राति मेरो श्रीमान् बाहिर जानुभएको थियो,’ पीडित २०८०/०८१—२० पले प्रहरीमा दिएको उजुरीमा भनेकी छन्, ‘प्रसाद खाएर अचेत भएपछि सिंहले करणी गरे ।’

मधेश प्रदेश सरकारको सचिवालय रहेको मधेश भवन (जचुकाली) मा क्वाटरको एउटै भवनमा उपसचिव साह र पीडितका श्रीमान्को डेरा छ । ‘मुख्यमन्त्री कार्यालयमा सँगै काम गरिरहेकाले मेरो श्रीमान्को साथीको नाताले रातको समयमा उपसचिव साह टेलिभिजन हेर्न पहिला पनि आउने–जाने गरिरहेका थिए,’ पीडित २०८०/०८१—२० पले उजुरीमा उल्लेख गरेकी छन्,‘श्रीमान्‌को साथी र कार्यालयमा सिनियर भएकाले साहलाई सम्मान पनि गर्थे ।’

माघ १८ गते पीडितको श्रीमान् घर(गाउँ) गएको उपसचिव साहलाई थाहा थियो । त्यही मौकामा साहले हनुमानको प्रसाद खुवाउन पीडित एक्लै हुँदा पनि साढे १० बजेतिर उनको निवासमा प्रवेश गरे । ‘भगवानको प्रसाद भन्दा सहजै स्वीकारे । खाएको एकैछिनमा फनफनी घुमिरहे । अनि बेहोस भए,’ पीडितले प्रहरीलाई दिएको उजुरीमा भनिएको छ,‘होसमा आउँदा त मेरो सर्वस्व लुटिसकेको थियो ।’

पीडित २०८०/०८१—२० पले जर्बजस्ती करणी गरेको भिडियो र तस्बिर देखाएर उपसचिव साहले त्यसयता कयौंपटक करणी गरेको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी छन् । ‘एसिड हालेर अनुहार बिगारिदिने र ज्यान मार्नेसम्मको धम्की दिन थालेपछि उसको ज्यादती सहन बाध्य भए,’ पीडित २०८०/०८१—२० पले भनिन्,‘जर्बजस्ती करणीले गर्भमा बच्चासमेत बसेको छ । त्यो बच्चा फाल्नुपर्‍यो भन्दै दबाब दिएपछि श्रीमान्‌लाई सबै जानकारी गराएँ । अनि, न्यायका लागि उजुरी गरेकी हुँ ।’ प्रहरीमा उजुरी गर्ने विषयमा उपसचिव साह र पीडितका श्रीमान्‌बीच सरकारी निवासमा कुटाकुटसमेत भएको थियो ।

‘सामसुम’ पार्न खोजिएको घटना झन् बल्झिएपछि मुख्यमन्त्री कार्यालयमा कार्यरत उपसचिव साह भने फागुन १८ गतेदेखि बिदामा बसे । ‘उपसचिव साह बिदा स्वीकृत गरेर बस्नुभएको थियो,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुन गौतमले भने,‘बिदा भुक्तान भइसके पनि उहाँ हाम्रो कार्यालयको सम्पर्कमा हुनुहुन्नँ ।’

बिदामा बसेकै बेला प्रहरीमा जर्बजस्तीकरणीको उजुरी परेपछि उपसचिव साह फरार छन् । पीडित २०८०/०८१—२० पले जिल्ला प्रहरी कार्यालय धनुषामा बैशाख ३ गते उजुरी दिए पनि ४ दिनपछि मात्रै दर्ता भएको थियो । पीडितको उजुरी लिएपछि जिल्ला प्रहरी धनुषाले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई त्यहाँ कार्यरत उपसचिव साहका बारेमा विवरण खुलाइदिन भन्दै बैशाख ७ गते पत्र लेखेको छ ।

साह हाल कुन पदमा कार्यरत रहेको, मन्त्रालयको निवासमा कहिलेदेखि कहिलेसम्म बसेको, घटना भएको दिन प्रतिवादी साह माघ १८ गते कार्यालयमा कार्यरत रहेको हो/होइनसहित प्रतिवादीको तीन विवरण खुल्ने नागरिकताको प्रतिलिपि तथा अन्य कागजातको प्रतिलिपि उपलब्ध गराउन प्रहरीले मुख्यमन्त्री कार्यालयलाई पत्राचार गरेको छ । धनुषा प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले उपसचिव साहको बिरुद्धमा पक्राउ पूर्जी जारी भएको र उनको खोजी भइरहेको बताए ।

सिरहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टीका साह मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्मा करिब ५ वर्षदेखि कार्यरत छन् । उपसचिव रहे पनि साहले भने मुख्यमन्त्री कार्यालयमा निमित्त प्रमुख सचिव, प्रवक्ता र सूचना अधिकारीका महत्वपूर्ण जिम्मेवारी पनि पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology