इरानमा अमेरिकाले फेरि आक्रमण गरेको छ । गएराति अमेरिकाले हर्मुज नजिक आफ्नो सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनाहरूलाई लक्ष्य गरेर आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ ।
इरानी पक्षले शहरको पूर्वी क्षेत्रमा तीन वटा विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ । यसअघि सोमबार पनि अमेरिकाले आफूले रक्षात्मक कारबाही गरेको जनाएको थियो । अमेरिका र इरानबीच तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि वार्ता चलिरहेका बेला फेरि आक्रमण भएको हो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानले संयुक्त रूपमा हर्मुज जलमार्गको जल यातायात व्यवस्थापन गर्ने सहमति भएको भन्ने इरानी सरकारी सञ्चारमाध्यमको दाबी अस्वीकार गर्नुभएको छ ।
हर्मुज जलमार्ग खुला रहने उहाँको भनाइ छ । इरान–अमेरिका युद्ध अन्त्यको लागि कतारमार्फत अप्रत्यक्ष वार्ता भइरहेको छ ।















