The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

फुटबलको सबैभन्दा ठूलो महोत्सव : ४८ राष्ट्र र स्टार खेलाडीको महाकुम्भ

फुटबलको सबैभन्दा ठूलो महोत्सव : ४८ राष्ट्र र स्टार खेलाडीको महाकुम्भ
ADVERTISEMENT

फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ आजदेखि शुरू हुँदैछ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ ।

पहिलो पटक ४८ राष्ट्रको सहभागिता, १०४ खेल र तीन देशका १६ शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष बनाएको छ । विश्वकपको पहिलो उद्घाटन समारोह नेपाली समयअनुसार आज मध्यराति मेक्सिको सिटी स्टेडियममा हुनेछ । प्रतियोगिताको पहिलो खेलअघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गर्नेछ ।

आदिवासी कलाकारहरूको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन् । उद्घाटन समारोहपछि विश्वकपको पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिका खेल्नेछन् । उद्घाटन समारोह नेपाली समयअनुसार आज राति ८:४५ बजे शुरु हुनेछ भने उद्घाटन खेल १२:४५ बजे हुनेछ । यस्तै क्यानडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ । मेक्सिको र अमेरिकाले यसअघि विश्वकप आयोजना गरिसकेका छन् भने क्यानडाले पहिलो पटक विश्वकप आयोजना गर्न लागेको हो । उद्घाटन समारोहमा क्यानडाको बहुसांस्कृतिक समाज, विभिन्न समुदाय र राष्ट्रिय पहिचानलाई सङ्गीत तथा दृश्यमार्फत प्रस्तुत गर्ने तयारी छ ।

यस्तै तेस्रो उद्घाटन समारोह अमेरिकाको लस एन्जलसमा आयोजना हुनेछ । मनोरञ्जन केन्द्र मानिने सहरमा आयोजना हुने समारोहमा अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय सङ्गीतको बेजोड प्रस्तुति गर्ने तयारी छ । तीन वटै उद्घाटन समारोहमा विश्व प्रसिद्ध कलाकारहरूले प्रस्तुति दिंदैछन् । यस पटक विश्वकपमा सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार टोली छन् ।

समूह चरणपछि शीर्ष दुई टोली तथा तेस्रो हुनेमध्ये उत्कृष्ट आठ टोली नकआउट चरणमा पुग्नेछन् । नयाँ ढाँचाअनुसार पहिलो पटक ‘राउण्ड अफ ३२’ समावेश गरिएको छ, जसका कारण विश्वकपका कुल खेल संख्या ६४ बाट बढेर १०४ पुगेको छ । प्रतियोगितामा कुल १ हजार २ सय ४८ खेलाडी सहभागी छन् । विश्वभरका ७१ देशका ४ सय ४९ व्यावसायिक क्लबबाट खेल्ने खेलाडीहरूले आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दैछन् ।

पाँच पटकको विश्व विजेता ब्राजिल लगातार २३औँ पटक विश्वकप खेल्दैछ भने साबिक विजेता अर्जेन्टिना उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ । फ्रान्स, स्पेन, पोर्चुगल, नेदरल्यान्ड्स र ब्राजिललाई पनि प्रमुख दाबेदारका रूपमा हेरिएको छ । यस विश्वकपमा एसियाका जोर्डन र उज्बेकिस्तान, अफ्रिकाको केप भर्डे तथा क्यारेबियन राष्ट्र कुराकाओले पहिलो पटक सहभागिता जनाउँदैछन् । यी टोलीहरू पहिलो सहभागितामै नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

विश्वकपको अर्को आकर्षण विश्व फुटबलका चर्चित स्टार खेलाडीहरू हुन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसी दुवैले फिफाको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा आफ्नो छैटौँ सहभागिता जनाउँदैछन् । अन्तर्राष्ट्रिय फुटबलको अन्तिम चरणतर्फ अग्रसर यी दुई खेलाडी सम्भवतः अन्तिम पटक विश्वकपमा देखिंदैछन् ।

रोनाल्डो ४१ वर्षका भइसकेका छन् भने मेसी ३९ वर्ष लाग्दैछन् । यस्तै उमेरले चार दशक कटेका क्रोएसियाका कप्तान लुका मोडरिच र मेक्सिन गोलकिपर गुइलेमो ओचाओ पनि यस पटक विश्वकप खेल्दैछन् । यी बाहेक ब्राजिलका नेमार, बेल्जियमका केभिन डे ब्रुएना, इजिप्टका मोहमद सालाह जस्ता खेलाडीका लागि यो विश्वकप अन्तिम विश्वकप बन्न सक्ने अनुमान छ ।

यस विश्वकपमा सबैभन्दा पाका खेलाडी स्कटल्याण्डका ४३ वर्षीय क्रेग गोर्डन र सबैभन्दा कान्छा खेलाडी मेक्सिकोका १७ वर्षीय गिल्बर्टो मोरा हुन् । दुवै खेलाडी विश्वकपमा डेब्यु गर्ने तयारीमा छन् । यिनै चर्चित खेलाडीसँगै सांस्कृतिक कार्यक्रम, विश्व प्रसिद्ध कलाकारहरूको प्रस्तुति, अत्याधुनिक प्रविधि र विश्वभरका करोडौँ समर्थकको उत्साहबीच शुरु हुन लागेको फिफा विश्वकप २०२६ ले अबको एक महिनाभन्दा बढी समय विश्व खेलकुदको केन्द्रबिन्दु बन्ने अपेक्षा गरिएको छ ।

मेसी र रोनाल्डोको सम्भावित अन्तिम विश्वकप तथा नयाँ पुस्ताका खेलाडीहरूको उदयले यो संस्करणलाई अझ ऐतिहासिक बनाउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी, नयाँ हमलाहरू रद्द

इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी, नयाँ हमलाहरू रद्द

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह

सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह

Natraj Technology advertisement

ताजा समाचार

इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी, नयाँ हमलाहरू रद्द

इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी, नयाँ हमलाहरू रद्द

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

फुटबलको सबैभन्दा ठूलो महोत्सव : ४८ राष्ट्र र स्टार खेलाडीको महाकुम्भ

फुटबलको सबैभन्दा ठूलो महोत्सव : ४८ राष्ट्र र स्टार खेलाडीको महाकुम्भ

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology