The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जापानमा ऐतिहासिक फैसला : सिन्जो आवे हत्याकाण्डमा आजीवन काराबास सुनाइयो ।

सिन्जो अवे हत्याकाण्ड : जापानी अदालतद्वारा तेत्सुया यामागामीलाई आजीवन काराबासको सजाय ।

जापानमा ऐतिहासिक फैसला : सिन्जो आवे हत्याकाण्डमा आजीवन काराबास सुनाइयो ।
ADVERTISEMENT

जापानको एक अदालतले पूर्व प्रधानमन्त्री सिन्जो आवेको हत्या गर्ने अभियुक्त तेत्सुया यामागामीलाई आजीवन काराबासको सजाय सुनाएको छ । ४५ वर्षीय यामागामीले तीन वर्षअघि चुनावी सभाका क्रममा अवेमाथि गोली प्रहार गरी हत्या गरेका थिए ।

अभियोजक पक्षले यो घटनालाई ‘युद्धपछिको जापानी इतिहासकै सबैभन्दा अनपेक्षित र गम्भीर अपराध’को संज्ञा दिँदै यसले जापानी समाजमा गहिरो मनोवैज्ञानिक र राजनीतिक प्रभाव पारेको दाबी गरेका थिए । सोही आधारमा उनीहरूले यामागामीलाई आजीवन काराबासको सजाय हुनुपर्ने माग गरेका थिए ।

यामागामीका कानुनी प्रतिनिधिले भने २० वर्षभन्दा लामो कैद सजाय दिनु अनुचित हुने तर्क पेश गरेका थिए । तर अदालतले अभियोजन पक्षको मागलाई प्राथमिकता दिँदै अपराधको गम्भीरता, सार्वजनिक सुरक्षामा परेको असर तथा राजनीतिक स्थायित्वमा उत्पन्न जोखिमलाई मध्यनजर गरी आजीवन काराबासको फैसला सुनाएको हो ।

उल्लेखनीय छ, सन् २०२२ जुन ८ मा नारास्थित यामातो सादाजी स्टेशन नजिक आयोजित चुनावी सभालाई सम्बोधन गरिरहेका बेला सिन्जो अवेमाथि गोली प्रहार गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको थियो ।

सिन्जो अवे सन् २००६ देखि २००७ तथा २०१२ देखि २०२० सम्म दुई कार्यकाल जापानको प्रधानमन्त्री रहेका थिए । उनी जापानको इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्री पद सम्हाल्ने नेताको रूपमा चिनिन्छन् ।

यो फैसलाले जापानमा राजनीतिक सुरक्षासम्बन्धी व्यवस्थामा थप कडाइ ल्याउने बहसलाई पुनः तीव्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology