The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

फागुन २१ को चुनाव : ३४८६ उम्मेदवारमध्ये पाँच जनामाथि आपत्ति

निर्वाचन आयोग : उम्मेदवारमाथि सीमित उजुरी, छानबिन प्रक्रिया सुरु

बर्दियामा निर्वाचन लक्षित सुरक्षा सतर्कता : माघ मसान्तभित्र हतियार बुझाउन प्रशासनको निर्देशन ।
ADVERTISEMENT

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गराएका ३ हजार ४८६ उम्मेदवारमध्ये पाँच जनाविरुद्ध मात्र उजुरी दर्ता भएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यता नपुगेको भन्दै उजुरी दर्ता गर्ने समय तोकिएको थियो । सो अवधिमा प्रारम्भिक विवरणअनुसार जम्मा पाँच उजुरी दर्ता भएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ अनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमार्फत उजुरी दर्ता प्रक्रिया अघि बढाइएको जनाएको छ । निर्देशिकाको अनुसूची १६ बमोजिम उजुरी दर्ता गरी अनुसूची १७ अनुसार दर्ता किताबमा अभिलेख राखिएको र अनुसूची १८ बमोजिमको भरपाइ उजुरीकर्तालाई प्रदान गरिएको आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रमअनुसार उजुरी दर्ताको म्याद समाप्त भएपछि निर्वाचन अधिकृतहरूले म्यादभित्र प्राप्त उजुरीहरूको विवरण अनुसूची १९ बमोजिम तयार गरी सम्बन्धित कार्यालयमा सार्वजनिक गरेका छन् । प्रकाशित सूचनाअनुसार जसको विरुद्ध उजुरी परेको छ, सो उम्मेदवारले तोकिएको अवधिभित्र प्रमाणसहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले त्यसको जानकारी पाएको मानिने कानुनी व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार मंगलबार दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय प्रक्रिया सञ्चालन हुनेछ । माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।

त्यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।

आयोगले हालसम्म प्राप्त विवरणअनुसार पुरुष ३ हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी कुल ३ हजार ४८६ उम्मेदवारको मनोनयन दर्ता भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

रास्वपाले महाधिवेशन अगाडि ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्दै

रास्वपाले महाधिवेशन अगाडि ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्दै

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक छ : सभापति लामिछाने

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक छ : सभापति लामिछाने

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology