The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता
ADVERTISEMENT

चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।

बेइजिङमा हिजो भएको भेटवार्तामा उहाँहरूबिच द्विपक्षीय सम्बन्धका आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा दुई पक्षबीच सम्पर्क सञ्जाल ‘कनेक्टिभिटी’सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्रलगायत विषयमा छलफल भएको थियो ।

दुवै देशको पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ । हिजो नै परराष्ट्रमन्त्री खनाल र चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच पनि भेटवार्ता भएको थियो ।

विशेष गरी यी भेटमा नेपाल र चीनबीच पारस्परिक सम्मान तथा एक अर्काका प्राथमिकता तथा संवेदनशीलताप्रतिको साझा प्रतिबद्धतालाई स्वीकार गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । ती क्षेत्रहरूमा पूर्वाधार, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण, तथा जनस्तरका सम्बन्ध समावेश छन् ।

नेपाली पक्षले एक चीन सिद्धान्तप्रति नेपाल सरकारको दृढ प्रतिबद्धता पुनः व्यक्त गर्दै नेपालको भूमि चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने जनाएको छ । परराष्ट्रमन्त्री खनाल चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङको निमन्त्रणामा अस्ति बिहान बेइजिङ पुग्नुभएको थियो । मन्त्री खनाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

Natraj Technology advertisement

ताजा समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology