The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता
ADVERTISEMENT

जेनेभा – पूर्वी अफ्रिकी देश जिबुटीको तट नजिकै ३०० भन्दा बढी आप्रवासी सवार डुङ्गा पल्टिँदा बालबालिकासहित कम्तीमा १३९ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८० जनाभन्दा बढीको जीवितै उद्धार गरिएको छ भने ८४ जना अझै बेपत्ता छन्।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार अक्टोबर ८ को साँझ जिबुटीबाट यमनतर्फ प्रस्थान गरेको डुङ्गा समुद्रमा दुर्घटनामा परेको हो। दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने सङ्गठनले जनाएको छ।

आईओएमका जिबुटी प्रमुख अलेक्ज्याण्डर कोइस्याकका अनुसार डुङ्गामा क्षमताभन्दा बढी यात्रु सवार थिए। किनार नजिकै पुगेपछि डुङ्गा पल्टिएको प्रारम्भिक अनुमान छ। डुङ्गामा करिब ३०५ जना आप्रवासी रहेको बताइएको छ।

दुर्घटनामा मृत्यु भएकामध्ये केहीको सामूहिक अन्त्येष्टि गरिएको छ भने अन्य शवलाई जीवित बचेका आप्रवासीले गाडेको आईओएमले जनाएको छ। ती शवको आधिकारिक पुष्टि भएपछि मृतकको सङ्ख्या थपिन सक्ने कोइस्याकले बताएका छन्।

उद्धार गरिएका आप्रवासीलाई ओबोकस्थित आईओएमको उद्धार केन्द्रमा राखिएको छ। उनीहरूलाई स्वास्थ्योपचार तथा मानसिक परामर्श प्रदान भइरहेको छ। दुर्घटनाबाट बचेका धेरैजना गम्भीर मानसिक आघातमा रहेको अधिकारीहरूले बताएका छन्। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी छ।

रोजगारीको खोजीमा जोखिमपूर्ण समुद्री यात्रा

अफ्रिकाको हर्न क्षेत्रबाट रोजगारी र आर्थिक अवसरको खोजीमा मानिसहरू बाब अल–मन्देब जलडमरूमध्य पार गर्दै यमन र खाडी मुलुकतर्फ जाने गर्छन्। गरिबी, रोजगारीको अभाव र द्वन्द्वका कारण उनीहरू जोखिमपूर्ण समुद्री मार्ग रोज्न बाध्य हुने गरेका छन्।

यमनमा द्वन्द्व चर्किरहेका बेला पनि आप्रवासीको आवागमन रोकिएको छैन। हालैका सातामा यमनबाट कम्तीमा दुई हजार नागरिकले जिबुटीमा शरण लिएको जनाइएको छ। यमन आफैँ द्वन्द्व र विस्थापनको समस्या झेलिरहेको अवस्थामा त्यही देश हुँदै खाडी मुलुक पुग्ने प्रयास जारी छ।

आईओएमकी महानिर्देशक एमी पोपले सुरक्षित र कानुनी आप्रवासनका मार्ग उपलब्ध गराउन सरकार तथा दाता निकायलाई आग्रह गरेकी छन्। उनका अनुसार जोखिमपूर्ण यात्राका कारण हुने मृत्यु रोक्न सुरक्षित विकल्पको व्यवस्था आवश्यक छ।

आईओएमको ‘मिसिङ माइग्रेन्ट्स प्रोजेक्ट’ का अनुसार गत वर्ष मात्रै यस समुद्री मार्गमा ९०० भन्दा बढी आप्रवासीको मृत्यु भएको वा उनीहरू बेपत्ता भएका थिए। पछिल्लो दुर्घटनाले यस मार्गमा यात्रा गर्ने आप्रवासीको सुरक्षा चुनौतीलाई पुनः उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

 डीपीआर बनेको दुई वर्ष बित्दा पनि नलगाड जलविद्युत् आयोजना अलपत्र

 डीपीआर बनेको दुई वर्ष बित्दा पनि नलगाड जलविद्युत् आयोजना अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology