The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा
ADVERTISEMENT

जुबाल्यान्ड –तीन वर्षीया बिरामी छोरीको ज्यान जोगाउन सोमालियाकी एक आमा लगातार तीन दिनसम्म करिब ९० किलोमिटर पैदल हिँडेर अस्पताल पुगेकी छन्। दुर्गम गाउँमा स्वास्थ्य उपचारको सुविधा नपाएपछि हलिमा अब्दुल्लाही इब्राहिम छोरी आसो हसन अब्दीलाई काखमा बोकेर किस्मायो रिफरल अस्पताल पुगेकी हुन्।

अस्पताल पुगेपछि आसोलाई तत्काल आपत्कालीन उपचार कक्षमा भर्ना गरिएको थियो। परीक्षणका क्रममा बालिकाको शरीरमा कुपोषणका कारण पानी जमेर सुन्निने समस्या अर्थात् ‘एडिमा’ देखिएको स्वास्थ्यकर्मीले पुष्टि गरेका थिए।

आसोको अवस्था सोमालियामा फैलिएको गम्भीर कुपोषण सङ्कटको एउटा उदाहरण मात्र हो। इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आईपीसी) को विश्लेषणअनुसार सोमालियामा पाँच वर्षमुनिका करिब १९ लाख २० हजार बालबालिका कडा कुपोषणबाट प्रभावित छन्। तीमध्ये ४ लाख ३३ हजार बालबालिका गम्भीर कुपोषणको उच्च जोखिममा छन्।

देशको दक्षिणी क्षेत्रमा कुपोषणका धेरै घटना देखिएका छन्। खाद्य असुरक्षा, विभिन्न रोगको प्रकोप तथा स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सरसफाइको अभावले त्यहाँका समुदायको अवस्था थप जटिल बनेको छ।

यसैबीच, एल निनोसम्बन्धी मौसमी परिवर्तनका कारण सम्भावित बाढीको जोखिम बढ्दा थप परिवार विस्थापित हुने र स्वास्थ्य सेवामा पहुँच कठिन बन्ने चिन्ता व्यक्त गरिएको छ।

आसोको उपचार भइरहेको अस्पतालमा गत अगस्ट महिनामा मात्रै गम्भीर कुपोषण भएका १५२ जना बालबालिका भर्ना भएका थिए। तीमध्ये चार जनाको उपचारका क्रममा मृत्यु भएको जुबाल्यान्डका स्वास्थ्यमन्त्री इस्माइल गरासले बताएका छन्।

मानवीय सहायता कटौतीले बढायो सङ्कट

सोमालियामा कुपोषण र खाद्य असुरक्षाको समस्या गहिरिँदै जाँदा मानवीय सहायता संस्थाहरूले पनि स्रोतसाधनको अभाव झेलिरहेका छन्। सहायता रकम घट्दा आवश्यक खाद्य तथा स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन भइरहेको छ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का सोमालिया प्रतिनिधि स्यान्ड्रा लाटोफका अनुसार कुपोषणसँगै दादुराजस्ता रोगको प्रकोपले बालबालिकाको ज्यान थप जोखिममा पारेको छ। उनले समुदायस्तरका स्वास्थ्यकर्मी, स्थानीय नेतृत्व, सरकारी निकाय र मानवीय सहायता संस्थाबीच सहकार्य बढाउनुपर्नेमा जोड दिएकी छन्।

किस्मायोस्थित लुग्लो विस्थापित शिविरमा पनि सहायता कटौतीको असर देखिएको छ। जुबाल्यान्डका शरणार्थी तथा आन्तरिक विस्थापित आयुक्त अलि अदान अलिका अनुसार आर्थिक अभावका कारण सहायता संस्थाहरूले सहयोग रोक्दा धेरै विस्थापित परिवार सन् २०२३ देखि सहायताविहीन भएका छन्।

सम्भावित बाढीका कारण जुबा नदी आसपासका बासिन्दा सुरक्षित स्थान खोज्दै किस्मायोतर्फ विस्थापित हुन सक्ने र त्यसले शिविर, पोषण केन्द्र तथा अस्पतालमा थप चाप बढाउने उनको चेतावनी छ।

सोमालियाका लागि स्विडेनका राजदूत हान्स हेनरिक लुन्डक्विस्टले पनि विश्वव्यापी सहायता रकम घटिरहेको अवस्थामा स्थानीय समुदायसँग सहकार्य गर्दै उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्नुपर्ने बताएका छन्।

हलिमाले छोरीलाई काखमा बोकेर गरेको कठिन यात्राले सोमालियामा गरिबी, कुपोषण, स्वास्थ्य सेवाको अभाव र अन्तर्राष्ट्रिय सहायता कटौतीका कारण परिवारहरूले भोगिरहेको गम्भीर मानवीय सङ्कट उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

 डीपीआर बनेको दुई वर्ष बित्दा पनि नलगाड जलविद्युत् आयोजना अलपत्र

 डीपीआर बनेको दुई वर्ष बित्दा पनि नलगाड जलविद्युत् आयोजना अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology