The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम
ADVERTISEMENT

काठमाडौँ-विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको र कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा पानीसम्बन्धी जोखिम अझ बढ्न सक्ने चेतावनी दिएको छ।
प्रतिवेदनअनुसार सन् २०२५ विश्वका नदीका लागि पछिल्लो ३५ वर्षमा सबैभन्दा सुक्खा तीन वर्षमध्ये एक रह्यो। लगातार सातौँ वर्ष सामान्य नदी प्रवाह भएका जलाधारको सङ्ख्या निकै कम देखिएको छ। विश्वका करिब ३६ प्रतिशत नदी बेसिनमा मात्र सामान्य प्रवाह देखिएको थियो भने करिब सोही अनुपातमा सामान्यभन्दा कम र २१ प्रतिशतमा सामान्यभन्दा बढी प्रवाह रहेको डब्लूएमओले जनाएको छ।
गत वर्ष विश्वका सबै क्षेत्रमा हिमनदीले लगातार चौथो वर्ष उल्लेख्य मात्रामा बरफ गुमाएका छन्। सन् २०२३ देखि २०२५ सम्म हिमनदीले करिब एक हजार चार सय गिगाटन पानीबराबरको द्रव्यमान गुमाएको अनुमान गरिएको छ। यससँगै धेरै क्षेत्रमा भूमिगत पानीको सतहसमेत लगातार घटिरहेको र पृथ्वीको ताजा पानीको भण्डारणमा दशकौँदेखि देखिएको गिरावट जारी रहेको प्रतिवेदनमा उल्लेख छ।
डब्लूएमओका महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदीजस्ता दीर्घकालीन पानीका स्रोत घट्दै जानु गम्भीर चिन्ताको विषय भएको बताइन्। उनका अनुसार यी स्रोतले खडेरी वा सुक्खा मौसममा पानीको अभावलाई तत्काल सङ्कटमा परिणत हुन नदिने ‘बचत खाता’को काम गर्दै आएका थिए।
“अब हामी त्यो बचत खाता खाली गर्दैछौँ, हाम्रा पानीका भण्डार खर्च गरिरहेका छौँ,” उनले भनिन्।
साउलोले एल निनोको सम्भावित प्रभावले आगामी दिनमा पानीसम्बन्धी जोखिम थप बढाउन सक्ने चेतावनी दिइन्। उनका अनुसार केही क्षेत्रमा यसका कारण खडेरीको जोखिम बढ्न सक्छ भने अन्य क्षेत्रमा बाढीको जोखिम देखिन सक्छ।
डब्लूएमओका अनुसार एल निनोको प्रभाव देखिनुअघि नै विश्वका नदीमा पानीको प्रवाह असामान्य बनेको थियो। जलवायु परिवर्तनसँगै पानीको चक्रमा देखिएको यस्तो असन्तुलनले बाढी, खडेरी, हिमनदी पग्लिने र खानेपानीको उपलब्धतामा थप चुनौती सिर्जना गर्न सक्ने संगठनको भनाइ छ।
पानी चक्रको अवस्था बुझ्न तथा जोखिमको पूर्वानुमान गर्न थप गुणस्तरीय तथ्याङ्क र देशहरूबीच सहकार्य आवश्यक रहेको डब्लूएमओले जनाएको छ। पानीको चक्रले राजनीतिक सीमा नमान्ने भएकाले साझा तथ्याङ्क, वैज्ञानिक मापदण्ड र प्रभावकारी पूर्वचेतावनी प्रणाली विकास गर्नुपर्ने साउलोले बताइन्।
उनले एउटा देशमा हुने हिमनदीसम्बन्धी विपद्को प्रभाव सीमापारि अर्को देशमा समेत पर्न सक्ने उल्लेख गर्दै चीन र नेपालमा हालै देखिएका घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

वातावरणीय जिम्मेवारी र जलवायु परिवर्तनमा केन्द्रित पाँचौँ संवाद उत्सव

वातावरणीय जिम्मेवारी र जलवायु परिवर्तनमा केन्द्रित पाँचौँ संवाद उत्सव

Natraj Technology advertisement

ताजा समाचार

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

विश्वमा पानीको चक्र अनियमित बन्दै, कतै बाढी त कतै गम्भीर अभावको जोखिम

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीलाई निर्देशन

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणको राहत प्याकेज

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

अर्थमन्त्री तीन दिने भारत भ्रमणमा जाने, यस्तो छ तालिका

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology