The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बिहीबार मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै

बिहीबार मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै
ADVERTISEMENT

दिनेश शर्मा

सिरहा जेठ २३ गते । समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ ।

ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउँछन् । वटसावित्री पर्वमा पतिको दीघार्युको कामना वर र पीपलको पूजा गरिन्छ । पान, सुपारी, केरालगायत फलफूल चढाएर पूजा गर्नाका साथै पीपलको रुखमा रातो र पहेँलो धागो बेर्ने गरिन्छ ।

वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ । प्राचीनकालमा सतिसावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यो पूजाको परम्परा प्रारम्भ भएको जनविश्वास छ ।

वटसावित्रीको पूजाका प्रभावले सावित्रीले यमराजबाट पतिको प्राण फिर्ता ल्याएको र पति जीवित भएको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ । यसैले मिथिलानी विवाहिता महिलाहरू दिनभरि निरहार बसी वटसावित्री पर्व उत्साह र निष्ठापूर्वक मनाउने गर्छन ।

यो पर्वमा वरको रुखमुनि ब्रह्मा, विष्णु र रुद्रसहितका देवताको पूजाअर्चना गरिन्छ । मिथिलानीले माइतीघरमा मनाउने यस पर्वमा जेष्ठ कृष्ण औँसीको एक दिनपूर्व दुलहाका घरबाट आएको सामग्रीबाट ‘गौरी नैवेद्य’ (प्रसाद सामग्री) बनाई वरकै रुखमुनि शिवपार्वतीलाई चढाएपछि व्रत विधिवत् सुरु हुने परम्परा छ ।

बर्तालु मिथिलानीले धानको लावा भुटेर बेसारबाट गौरी आकृति बनाई वरको रुखलाई रङ्ग्याइएको काँचो धागोले बेरेर औँसीका दिन पूजाअर्चना गरेर भोलिपल्ट बिहान नुहाइधुवाइपछि ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएर पर्व समापन गरिन्छ । मैथली ब्राह्मण, कायस्थ र सोनार समुदायका महिलाले मात्र मनाउने गरेको यो पर्व केही वर्षयता सबै समुदायका महिलाले मनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology