The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

धनकुटाको पाख्रीबासमा न्यूरो हस्पिटल स्वास्थ्य शिविर, पाँचसय लाभान्वित


धनकुटाको पाख्रीबासमा न्यूरो हस्पिटल स्वास्थ्य शिविर, पाँचसय लाभान्वित
ADVERTISEMENT

विराटनगर । धनकुटाको पाख्रीबासमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । पाख्रीबास नगरपालिकाको सहयोगमा स्थानीय सयपत्री बोर्डिङ स्कूलमा शनिबार ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ सम्पन्न भएको थियो ।

२०८२ साल पुस २६ गते शनिबार आयोजना गरिएको यस शिविरबाट ५०० जना भन्दा बढी स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको दावी गरिएको छ । नगरपालिकाका नागरिकहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै दैलोमा उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त शिविरमा न्यूरो हस्पिटलका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्ट, वरिष्ठ अर्थोपेडिक सर्जन प्रा. डा. नवीन कुमार कर्ण, हस्पिटलकी कार्यकारी निर्देशक डा. अनिशा विष्ट र अपरेशनल डाइरेक्टर राजेश भट्टराईको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ्ग, उपप्रमुख, नगरपालिकाका कर्मचारीहरूका साथै स्थानीय बासिन्दाहरूको ठूलो संख्यामा सहभागिता थियो। शिविरको विशेष अवसरमा पाख्रीबास नगरपालिका र न्यूरो हस्पिटलबीच एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ। यस सम्झौता अनुसार अब पाख्रीबास नगरपालिकाका नागरिकहरूले विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट र सहुलियत प्राप्त गर्नेछन्। यसले गर्दा आगामी दिनमा विपन्न तथा न्यून आय भएका नागरिकहरूका लागि विशेषज्ञ उपचार थप सहज र सुलभ हुने विश्वास गरिएको छ।

अस्पताल प्रशासनका अनुसार यस बृहत् हेल्थ क्याम्पमा वरिष्ठ फिजिसियन,बाथ रोग तथा संक्रामक रोग विशेषज्ञ डा विवेक कट्टेल, वरिष्ठ नशा रोग विशेषज्ञ डा सुनन्द पौडेल, वरिष्ठ न्युरोसर्जन डा रोशन खतिवडा, वरिष्ठ बालरोग विशेषज्ञ डा सुरेश प्रसाद शाह, वरिष्ठ विशेषज्ञ नाक, कान तथा घाँटी रोग सर्जन डा रोशन आचार्य, वरिष्ठ स्त्री, प्रसूति तथा निःसन्तानपन विशेषज्ञ डा निशा अधिकारी, छालारोग, यौनरोग तथा कुष्ठरोग विशेषज्ञ डा रिचा शर्मा, दन्त रोग विशेषज्ञ डा अमित प्रताप शाह, मुख तथा बङ्गारा रोग विशेषज्ञ डा जितेन्द्र मण्डल, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा गौरव क्षेत्री, विशेषज्ञ फिजिसियन डा रमाकान्त रोय, विशेषज्ञ रेडीयोलोजीस्ट डा सबिन लुइँटेल, डा संजय यादव, डा रिशव गुप्ता, डा आस्मा यादव, डा अश्मिता तामाङ, डा दिपेश राज सिंह, डा कुन्जन चौधरी सहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा पाख्रीबास नगरपालिका मात्र नभई छिमेकी नगरपालिका, गाउँपालिका तथा आसपासका जिल्लाहरूबाट समेत बिरामीहरू उपचारका लागि आएका थिए। शिविरको एक रोचक पक्ष, १०२ वर्षीय वृद्ध बिरामीको उपस्थिति र उहाँको सफल स्वास्थ्य परीक्षण रहेको थियो, जसलाई आयोजक र स्थानीयले उत्साहजनक रूपमा लिएका थिए।

शिविरमा विशेषज्ञ परामर्शका साथै अस्पतालको तर्फबाट बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो। प्राविधिक परीक्षण तर्फ अस्पतालले अत्याधुनिक मेसिनहरूको प्रयोग गरी १२० भन्दा बढीको भिडियो एक्सरे, ३०० भन्दा बढीको सुगर जाँच, १०० भन्दा बढीको मुटुको जाँच, ५० जनाभन्दा बढीको दाँतको एक्सरे र ३८ जना भन्दा बढीको हड्डीको घनत्व जाँच सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरेको थियो।

दुर्गम क्षेत्रका सर्वसाधारणले एकै स्थानमा यति धेरै विषयका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट गुणस्तरीय सेवा पाउँदा स्थानीयहरू अत्यन्तै हर्षित देखिएका थिए। नगरपालिका र अस्पतालबीच भएको दीर्घकालीन सेवाको सम्झौताले स्थानीय सरकार र निजी स्वास्थ्य संस्थाबीचको सहकार्यको उत्कृष्ट नमुना प्रस्तुत गरेको भन्दै सबैले प्रशंसा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

Natraj Technology advertisement

ताजा समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology