काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर गुल्शन झा र क्रिकेट किट कम्पनी सान्सपरेइल्स ग्रिनल्याण्ड्स (एसजी)बीच प्रायोजन सम्झौता भएको छ । हिमालयन विलोको संयोजनमा शुक्रबार एसजी र गुल्सनबीच सम्झौता भएको हो ।
सम्झौता एक वर्षको लागि भएको हिमालयन विलोका प्रदिप यादवले जानकारी दिए । यस किसिमको सहयोगले खेलाडीहरुलाई मैदानमा राम्रो प्रदर्शन गर्न मोटिभेट गर्ने गुल्सनले बताए । साथै उनले आसन्न आईसीसी टी२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने र नेपाली टिम तयार रहेको बताए ।
क्रिकेट सामाग्री स्टोर गर्ने हिमालयन विलोले यसअघि नन्दन यादवलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको थियो भने सन्दिप जोरालाई केजीको प्रायोजन मिलाएको थियो ।
हिमालयन विलोका सिइओ तथा को-फाउण्डर प्रदिप यादव प्रदिप यादवले नन्दनलाई ब्राण्ड एम्बासडर बनाएर जोरा र गुल्शन दुई खेलाडीलाई प्रायोजन समेत गराइसकेको र आगामी दिनमा पनि अन्य खेलाडीसँग सहकार्य गर्ने योजना रहेको बताए ।















