The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

विश्वकप तयारी अन्तिम चरणमा, नेपाली टोली भारत–श्रीलंका प्रस्थान गर्दै

चेतना रेड्डीको अर्धशतकमा अमेरिका विजयी, नेपाल अभ्यास खेलमा ६ विकेटले पराजित
ADVERTISEMENT

आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार विशेष कार्यक्रमको आयोजना गर्दै टोलीलाई बिदाइ गरेको हो।

विश्वकपअघि श्रीलंका र भारतमा अभ्यास शृंखला खेल्ने कार्यतालिका रहेकाले नेपाली टोलीलाई शनिबार नै औपचारिक बिदाइ गरिएको क्यानले जनाएको छ। टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ।

बिदाइ कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले नेपाली टोलीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै खेलाडी तथा व्यवस्थापन टिमलाई शुभकामना दिए। उनले भने, “यो विश्वकै ध्यान केन्द्रित हुने प्रतियोगिता हो। नेपाली क्रिकेट सही दिशामा अघि बढिरहेको छ। विश्वकपका लागि सम्पूर्ण टोलीलाई शुभकामना छ। भारतमा रहेका समर्थकहरूले पनि टोलीलाई साथ दिने विश्वास छ।”

कप्तान रोहित पौडेलले टोलीको तयारी सन्तोषजनक रहेको बताउँदै अभ्यास खेलहरूले सकारात्मक लय निर्माण भएको उल्लेख गरे। उनले भने, “तयारी राम्रो भइरहेको छ। अभ्यासले राम्रो बिल्डअप भएको महसुस भइरहेको छ। सन् २०२५ नेपाली क्रिकेटका लागि राम्रो रह्यो। आशा छ, यो वर्ष पनि उत्कृष्ट हुनेछ। हामी सम्पूर्ण नेपालीलाई गर्व महसुस गराउने प्रयास गर्नेछौं।”

प्रमुख प्रशिक्षक स्टुअर्ट लले अभ्यास शृंखलाबाट रणनीति अन्तिम रूप दिइने र विश्वकपमा प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने लक्ष्य रहेको बताए। “अभ्यास खेलमार्फत हाम्रो योजना अझ स्पष्ट हुनेछ। विश्वकपमा राम्रो खेल्दै नेपाली समर्थकलाई खुसी दिन चाहन्छौं,” उनले भने।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीको तयारी सन्तोषजनक रहेको जनाउँदै भारतको पिच र मौसम नेपाली टोलीका लागि अनुकूल हुने विश्वास व्यक्त गरे। “तयारी राम्रो देखिएको छ। भारतको कन्डिसन पनि मिल्दोजुल्दो छ। राम्रो प्रदर्शन गर्नुहोला, टोलीलाई शुभकामना,” उनले भने।

नेपाली टोलीले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि टोली श्रीलंका पुगेर श्रीलंका ‘ए’ टोलीसँग तथा भारतमा मुम्बई क्रिकेट संघ (एमसीए) प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

Natraj Technology advertisement

ताजा समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology