The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

निर्वाचन प्रहरी बन्न युवाको भीड: करिब २ लाख आवेदन, ४० दिनको सेवाका लागि प्रतिस्पर्धा तीव्र ।


निर्वाचन प्रहरी बन्न युवाको भीड: करिब २ लाख आवेदन, ४० दिनको सेवाका लागि प्रतिस्पर्धा तीव्र ।
ADVERTISEMENT

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ खुलाइएको निर्वाचन प्रहरीका लागि करिब २ लाखको आवेदन परेको छ ।

नेपाल प्रहरीअन्तर्गत खटाउन १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत परिचालन गर्न १५ हजार १ सय १० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको आवेदन खुलाइएको थियो । जसका लागि कुल १ लाख ९६ हजार ४ सय ७० जनाको आवेदन परेको हो ।

निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेमा विगतका निर्वाचनमा म्यादी प्रहरी भई काम गरेका २६ हजार ६ सय ३१, पूर्वप्रहरीबाट ६ सय ७४, पूर्वसेनाबाट १ हजार ६ सय ७३, पूर्वसशस्त्र प्रहरीका २ सय २८ र पूर्ववन रक्षक १ सय ५३ जनाको पनि आवेदन परेको छ । आवेदन दिने बाँकी १ लाख ६७ हजार ५७ जना सर्वसाधारण छन् ।

अब आवेदकमध्येबाट छनोट प्रक्रिया अघि बढाइनेछ । यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित कार्यालयबाट छनोट प्रक्रिया अघि बढाउन लागिएको हो ।

सोमबार (माघ ५) बाटै छनोट प्रक्रिया अघि बढाउन लागिएको हो । २५ पुसदेखि १ माघसम्मको अवधि तोकेर निर्वाचन प्रहरी भर्नाको दरखास्त खुलाइएकामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ३६ जिल्लामा कम आवेदन परेपछि समय थप गरिएको थियो । जसअनुसार कम आवेदन परेका जिल्लामा ३ माघसम्म दरखास्त अवधि बढाइएको थियो । थप भएकोसहित गरेर नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत १ लाख ९६ हजार ४ सय ७० जनाको आवेदन परेको हो ।

गृह मन्त्रालयले ४० दिनको कार्यावधि तोकेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मातहत खटाउने गरी निर्वाचन प्रहरी भर्ना, परिचालन तथा खटनपटनसम्वन्धि कार्यविधि जारी गरेको थियो ।

मंसिर २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाइएकामा दोब्बर अर्थात् २ लाख ३२ हजार ८८ जनाको दरखास्त परेको थियो । वैशाख २०७९ को स्थानीय तह निर्वाचनमा करिब १ लाख म्यादी प्रहरीको आवेदन खुलाइएकामा तेब्बर अर्थात् करिब ३ लाखले दरखास्त दिएका थिए । यो पटकको चुनावमा भने आवेदन दिने तुलनात्मक कम देखिएका हुन् ।

२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन सुरक्षामा करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना स्वीकृत भइसकेको छ । त्यसका लागि नियमिततर्फ सेना, प्रहरी र सशस्त्र अनि अपुग सुरक्षाकर्मी निर्वाचन प्रहरीका रुपमा ४० दिन कार्यअवधि तोकेर पूर्ति गरिँदै छ ।

निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान र लत्ताकपडा तथा जवानसरहको रासन भत्ता पाउनेछन् । ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ अनुसार एक निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलब र जिल्ला दर निर्धारण समितिले तोकेअनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक) पाउनेछन् ।

निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एक पटकका लागि प्रतिव्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एकमुष्ट १ हजार २ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइने उल्लेख छ । यसरी दिइने सबै रकम सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा पठाइनेछ ।

निर्वाचनमा खटिने यो जनशक्ति कर्तव्य पालनाका क्रममा घाइते भए घाइते स्वयंलाई र मृत्यु भए नजिकको हकवालालाई सरकारले तोकेअनुसारको क्षतिपूर्ति रकम उपलब्ध गराइनेछ । कुनै कारणले निर्वाचन रद्द भए वा स्थगित भए तालिममा रहेको भए पनि नियुक्ति स्वतः रद्द/बदर हुने कार्यविधिमा उल्लेख छ ।

निर्वाचन आयोगले आसन्न चुनावमा देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिसकेको छ । निर्वाचनमा भित्री घेरा प्रहरी र निर्वाचन प्रहरी, त्यसपछि जोखिमका आधारमा सशस्त्र प्रहरी र बाहिरी सुरक्षा व्यवस्थापनमा सेना खटाउने गरी सुरक्षा कार्ययोजना बनेको छ ।

गृह मन्त्रालयले निर्वाचन प्रहरी भर्ना छनोट गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भर्ना छनोट समिति बनाइसकेको छ ।

भर्ना हुन दरखास्त गर्न पाउने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ५४ वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको थियो । साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारीरिक र मानसिक रूपमा स्वस्थ, आतंककारी तथा विध्वंसात्मक संगठनको सदस्य नभएको, नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ ।

पुरुषको हकमा कम्तीमा ५ फिट उचाइ, छातीको चौडाइ ३१ देखि ३३ इन्च, ५० केजी तौल तथा महिलाको हकमा कम्तीमा ४ फिट १० इन्च उचाइ, ४२ केजी तौल र गर्भवती नभएको हुनुपर्ने मापदण्ड तोकिएको छ । तोकिएका मापदण्डअनुसार आबेदन परे–नपरेको जाँच गरेर छनोट प्रक्रिया टुंग्याउने तयारी दुवै सुरक्षा निकायको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Natraj Technology advertisement

ताजा समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology