The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

इप्पान दिवसमा मन्त्री सिन्हा: ऊर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउने समय आएको छ ।

इप्पान दिवसमा मन्त्री सिन्हा: ऊर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउने समय आएको छ ।
ADVERTISEMENT

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले ‘सरकार, निजी क्षेत्र र नागरिकको सहकार्यबाट ऊर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिने बताएका छन् ।

२६ औं इप्पान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको जल भण्डारको बहुआयामिक उपभोग, उपयोग तथा स्वच्छ ऊर्जामार्फत समृद्धिका लागि माइलस्टोन हाँसिल गर्नसक्ने सम्भावनमा प्रचुर मात्रामा दखिएको बताए ।

कानुनका समस्याबारेमा हालसम्म किन पहल भएनन् भन्ने आफ्नो गुनासो व्यवसायीहरूसँग पनि रहेको उनले बताए । जलविद्युत्लाई स्वच्छ उर्जाको रुपमा विकास र प्रवर्द्धन गर्न राज्यले प्राथमिकता दिनुपर्ने उनले बताए ।

‘आज भन्दा करिब १५ वर्ष पहिला कति कानुनको आवश्यकता छ र कति वटा कानूनको अन्तरसम्बन्धले अफ्ठ्यारो परेको छ भन्नेकुराको अध्ययन भएको थियो । त्यसमा ३१ वटा कानुनहरूको अन्तरसम्बन्धलाई सरलीकरण गर्नुपर्ने कुरा उठाइएको थियो । वन, वातावरणका समस्या सम्बोधन गर्न एकद्वारा प्रणाली अपनाउनुपर्ने कुरा भएको थियो । त्यसबारे ठोस पहल हुन सकेको छैन,’ उनले भने ।

जलस्रोतको साथसाथै सौर्य उर्जा र अन्य ऊर्जाका माध्यमलाई पनि प्राथमिकता दिन जरुरी रहेको उनको भनाइ छ ।

जलविद्युत उत्पादनमा देखिएको उत्साहजनक लगानी र विकासका सम्भावनाबीच घरेलु कृषि, व्यवसायिक उद्योग, यातायात,निर्माण र खानीजस्ता क्षेत्रहरूमा परम्परागत उर्जालाई क्रमश: स्वच्छ र नविकरणीय विद्युत् ऊर्जाले प्रतिष्थापन गर्नेगरी स्वच्छ ऊर्जा रुपान्तरण नीतिगत तथा कार्यक्रमगत प्राथमिकतामा राख्न आवश्यक रहेको पनि बताए ।

‘सरकार, निजी क्षेत्र र नागरिक सबैको सहकार्यबाट उर्जा क्षेत्रको तुलनात्मक लाभलाई समृद्धिको आधारको रुपमा विकास गर्न सकिने अवसर हामीसामु छ । यस क्षेत्रका सबै पक्षहरूलाई दीर्घकालीन सोचबमोजिम जिम्मेवारी बहन गर्दै नेपालको जल भण्डारको बहुआयामिक उपभोग, उपयोग तथा स्वच्छ उर्जामार्फत समृद्धिका लागि माइलस्टोन हाँसिल गर्नसक्ने सम्भावनमा प्रचुर मात्रामा दखिएको छ,’ मन्त्री सिन्हाले भने, ‘कानुनका कुराहरू यहाँहरूले उठाउनुभएको छ । मन्त्रालय, मन्त्रालय धाउनुपर्ने आवश्यकताका कुराहरू उठाउनुभएको छ । यहाँहरूप्रति पनि मेरो गुनासो रहेको छ । २६ वर्ष आइसक्दाखेरी कानुनमा परिमार्जन गर्नुपर्ने कुराहरूको सम्बन्धमा यहाँहरूको तर्फबाट पहल कम भयो की ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology