निर्वाचन आयोगको विश्वसनीयतामाथि आँच आउने गरी भ्रामक प्रचार गरेको आरोपमा मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार पोखरामा पक्राउ परेका छन् । उनलाई पोखरा विमानस्थल नजिकैबाट कास्की प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर निर्वाचन नतिजा आफ्नो पक्षमा पारेको भन्दै एक भिडियो सार्वजनिक गरेका थिए । सोही विषयलाई लिएर आयोगले अनुसन्धानका लागि प्रहरिलाइ पत्राचार गरेपछि उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए ।















