The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सुपर सिक्समा प्रवेशको लागि बंगलादेश, थाइल्यान्ड, नेदरल्यान्ड्स अग्रसर, अमेरिकाले पहिलो विजय ।

रोमाञ्चक जित : महिला ट्वान्टी–२० ग्लोबल छनोटमा थाइल्यान्ड जिम्बावेलाई अन्तिम बलमा हरायो !

सुपर सिक्समा प्रवेशको लागि बंगलादेश, थाइल्यान्ड, नेदरल्यान्ड्स अग्रसर, अमेरिकाले पहिलो विजय ।
ADVERTISEMENT

महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा बंगलादेश, थाइल्यान्ड र नेदरल्यान्ड्सले लगातार दोस्रो जित हात पारेका छन् । यी नतिजाले उनीहरूलाई सुपर सिक्स चरणतर्फ अग्रसर बनाएको छ । प्रतियोगितामा अमेरिकाले पहिलो विजय हात पारेको छ ।

समूह ‘ए’ मा दाबेदार बंगलादेशले पपुवा न्युगिनीलाई ३० रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गर्न आएपछि बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन बनायो । ओपनर दिलारा अक्तरले ३५ र शोर्ना अक्तरले ३७ रन बनाए । पपुवा न्युगिनीले जवाफमा ९ विकेट गुमाउँदै १ सय ३८ रन मात्र बनाउन सक्यो ।

दोस्रो खेलमा चार पटक ट्वान्टी–२० विश्वकप खेलिसकेको नेदरल्यान्ड्सले स्कटल्यान्डमाथि ७ रनको रोमाञ्चक जित हात पारेको थियो । स्टेरे कालिसले ६० बल खेल्दै १४ चौका र १ छक्कासहित अविजित ८७ रन बनाएपछि नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो । जबाफमा स्कटल्यान्डले ५ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

मूलपानी मैदानमा भएको खेलमा थाइल्यान्डले जिम्बावेलाई अन्तिम बलमा रनआउट गर्दै १ रनको रोमाञ्चक जित हात पारेको छ । नानापाट कोन्चारोइन्काईले ५२ बलमा ५ चौका प्रहार गर्दै ५४ रन बनाए । थाइल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । जिम्बावेले ६ विकेट गुमाउँदै १ सय १४ रन मात्र बनाउन सक्यो ।

प्रतियोगितामा सबैभन्दा तल्लो वरीयताको अमेरिकाले मूलपानीमा भएको दोस्रो खेलमा नामिबियालाई ४ विकेटले हरायो । नामिबियाले ६ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । अमेरिकी ओपनर इला क्लारिजले ५१ बलमा १० चौका र १ छक्का प्रहार गरी ७० रन बनाएपछि अमेरिका ४ बल अघि लक्ष्य पूरा गर्न सफल भयो ।

प्रतियोगिता जारी रहँदा शीर्ष टोलीहरूको लगातार विजयी र रोमाञ्चक खेलले दर्शकलाई उत्साहित बनाइरहेको छ । सुपर सिक्स चरणमा प्रवेश गर्ने टोलीहरूले आगामी खेलमा आफ्नो दाबेदारी अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology