The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सुनसरी–२ मा रास्वपा उम्मेदवार लाल विक्रम थापाविरुद्ध उजुरी, ७४ लाखभन्दा बढी विद्यालय बक्यौता नतिरेको आरोप ।

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप: सुनसरी–२ मा थापाको उम्मेदवारी विवादमा !

सुनसरी–२ मा रास्वपा उम्मेदवार लाल विक्रम थापाविरुद्ध उजुरी, ७४ लाखभन्दा बढी विद्यालय बक्यौता नतिरेको आरोप ।
ADVERTISEMENT

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दर्ता गराएका लाल विक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ ।

स्थानीय सत्य नारायण पण्डितले थापाविरुद्ध दाबी विरोध गर्दै उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन् । उजुरीमा थापाले विद्यालयको लाखौँ रकम बक्यौता राखेको र सो रकम राफसाफ नगरेको दाबी गरिएको छ ।

उजुरीकर्ताका अनुसार थापा सञ्चालक रहेको सनमुन प्लाजा नामक फर्मले इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर भवन निर्माण गरेको थियो । विद्यालयको आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन अनुसार उक्त फर्मले विद्यालयलाई ७४ लाख १ सय ५० रुपैयाँ तिर्न बाँकी छ ।

बक्यौता रकम नतिरेको सम्बन्धमा विद्यालय प्रशासनले सुनसरी जिल्ला अदालतमा मिति २०८२ पुस २४ गते मुद्दा दर्ता गरेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा विचाराधीन छ ।

थापाले विद्यालयको बक्यौता नतिरी वाणिज्य विभागमा रहेको उक्त फर्म आफ्नो नजिकको नाता पर्नेको नाममा नामसारी गरेको भए आन्तरिक राजस्व कार्यालयमा अझै थापाकै नाममा दर्ता कायम रहेको उजुरीमा दाबी गरिएको छ ।

निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद १०, बुँदा नं. ४२ अनुसार बेरुजु/बक्यौता फर्स्याैट नगरेको व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था रहेकाले थापाको उम्मेदवारी बदर हुनुपर्ने माग गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय सुनसरी क्षेत्र नं. २ ले उजुरी दर्ता भएको पुष्टि गरेको छ । उजुरी दर्ताको भरपाई समेत जारी भइसकेको छ । अब निर्वाचन अधिकृतले यस सम्बन्धमा छानबिन गरी थापाको उम्मेदवारी कायम रहने वा नरहनेबारे निर्णय गर्नेछ ।

उम्मेदवार थापाले भने सनमुन प्लाजा अर्कैको नाममा गइसकेको बताएका छन् । निवेदक पण्डित सोही निर्वाचन क्षेत्रको स्वतन्त्र उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology