The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भारतद्वारा नेपाललाई निर्वाचन सहयोगको पहिलो चरणमा ६५ भन्दा बढी गाडीहरू हस्तान्तरण !

भारतद्वारा नेपाललाई निर्वाचन सहयोगको पहिलो चरणमा ६५ भन्दा बढी गाडीहरू हस्तान्तरण !
ADVERTISEMENT

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीलाई सहयोग पुर्‍याउने उद्देश्यले भारत सरकारले नेपाललाई पहिलो चरणको चुनावी सहयोग हस्तान्तरण गरेको छ ।

मंगलबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहबीच काठमाडौँस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश अर्याललाई ६० भन्दा बढी ‘डबल–क्याब’ पिकअप गाडी तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारले आसन्न निर्वाचनका लागि गरेको अनुरोध अनुसार भारतले करिब ६५० वटा सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, जस अन्तर्गत यो पहिलो खेप हस्तान्तरण गरिएको हो । बाँकी सवारीसाधनहरू आगामी केही हप्ताभित्र विभिन्न चरणमा नेपाल आइपुग्ने भारतीय दूतावासले जानकारी दिएको छ ।

सहयोग ग्रहण गर्दै गृहमन्त्री अर्यालले भारत सरकार तथा भारतीय जनतालाई धन्यवाद ज्ञापन गर्दै यस सहयोगले निर्वाचनको तयारी र व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाल–भारतबीचको गहिरो, ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा यो सहयोग उल्लेखनीय भएको पनि बताए ।

सन् २००८ देखि भारतले नेपालको निर्वाचन प्रक्रियामा निरन्तर सहयोग गर्दै आएको छ । यस अवधिमा निर्वाचन आयोग तथा विभिन्न सरकारी निकायलाई करिब २४ सय सवारीसाधन उपहार स्वरूप प्रदान गरिसकिएको छ ।

भारतीय दूतावासले यो सहयोग दुई देशबीचको बहुआयामिक विकास साझेदारीको प्रतिबिम्ब मात्र नभई नेपाल र भारतका जनताबीचको अटुट विश्वास, मित्रता र सहकार्यको प्रतीकसमेत भएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology