The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

उम्मेदवार जाँचबुझ तीव्र, आज साँझ प्रतिनिधिसभा उम्मेदवारको नामावली सार्वजनिक ।

मनोनयन दर्ता ३४८७ उम्मेदवारको विवरण सार्वजनिक हुँदै, पाँचजनाविरुद्ध उजुरी ।

बर्दियामा निर्वाचन लक्षित सुरक्षा सतर्कता : माघ मसान्तभित्र हतियार बुझाउन प्रशासनको निर्देशन ।
ADVERTISEMENT

प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयनपत्र दर्ता गरेका उम्मेदवारमाथि निर्वाचन आयोगले जाँचबुझ प्रक्रिया तीव्र पारेको छ। आयोगले बुधबार दिउँसोदेखि नै उम्मेदवारका मनोनयनपत्र तथा परेका उजुरीमाथि औपचारिक जाँचबुझ सुरु गरेको हो।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आज साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।

निर्वाचन कार्यतालिका अनुसार आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय गरी नामावली सार्वजनिक गरिनेछ। माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्।

त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम तय गरिएको छ।

शुक्रबार देशभर रहेका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत यी कार्यक्रम एकैसाथ सञ्चालन गरिने निर्वाचन आयोगले जनाएको छ।

आयोगमा प्राप्त विवरणअनुसार देशभरबाट कुल तीन हजार ४८७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये ३ हजार ८९ जना पुरुष, ३९६ जना महिला र १ जना तेस्रो लिङ्गी उम्मेदवार रहेका छन्।

यसमध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ। सुनसरी निर्वाचन क्षेत्र नं २ का एक, रौतहट निर्वाचन क्षेत्र नं १ का एक, भक्तपुर निर्वाचन क्षेत्र नं २ का दुई र कैलाली निर्वाचन क्षेत्र नं १ का एक उम्मेदवारमाथि उजुरी दर्ता भएको आयोगले जनाएको छ।

यी उजुरीमाथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमार्फत विस्तृत जाँचबुझ भइरहेको छ। आयोगले कानुनी प्रक्रिया पूरा गरी आवश्यक निर्णय लिने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology