The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

प्रविधि उपकरणमा मूल्यवृद्धिको असर: स्मार्टफोन आयात मूल्य २४ प्रतिशतले बढ्यो, उपभोक्तामाथि थप भार !

चालु आर्थिक वर्षमा डिजिटल बजार तात्यो: आयात संख्या बढे पनि मूल्य उकालो ।

प्रविधि उपकरणमा मूल्यवृद्धिको असर: स्मार्टफोन आयात मूल्य २४ प्रतिशतले बढ्यो, उपभोक्तामाथि थप भार !
ADVERTISEMENT

चालु आर्थिक वर्ष २०८२/८३ मा डिजिटल उपकरणको आयात संख्या सामान्य रूपमा बढे पनि स्मार्टफोन, ल्यापटप, राउटरलगायत प्रमुख प्रविधि सामग्रीको आयात मूल्य उल्लेख्य रूपमा बढ्दै गएको छ। यसले सरकारको राजस्व संकलनमा केही सकारात्मक प्रभाव पारे पनि बजारमा उपकरण महँगिँदै जाँदा उपभोक्तामाथि आर्थिक भार बढ्ने संकेत देखिएको छ।

पछिल्ला ६ महिनामा विश्व बजारमा र्‍याम (मेमोरी) अभाव, आपूर्ति शृंखला व्यवस्थापनमा गरिएको समायोजन तथा प्रिमियम प्रविधि उपकरणको बढ्दो मागका कारण कम्प्युटर, स्मार्टफोन र डिजिटल उपकरणको मूल्य मध्यमस्तरले बढेको थियो। यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा १२ लाख ५२ हजार ६ सय ३४ वटा स्मार्टफोन आयात भएका छन्। यसका लागि २३ अर्ब २९ करोड ८३ लाख २२ हजार रुपैयाँ बराबरको खर्च भएको छ। सो आयातबाट सरकारले ४ अर्ब ३४ करोड ५९ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ११ लाख ११ हजार ५ सय ५६ वटा स्मार्टफोन १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार रुपैयाँमा आयात भएका थिए। त्यसबेला सरकारलाई ३ अर्ब ११ करोड ६८ लाख ४९ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो। यसरी तुलना गर्दा चालु आर्थिक वर्षमा स्मार्टफोनको आयात मूल्य करिब २४ प्रतिशतले बढेको देखिन्छ।

चालु आर्थिक वर्षकै असोज महिनामा मात्र १३ अर्ब ६२ करोड ७५ लाख ३८ हजार रुपैयाँ बराबरका ८ लाख ४८ हजार ६० वटा स्मार्टफोन आयात भएका थिए। असोजयता प्रतिस्मार्टफोन आयात मूल्य १५ देखि १६ प्रतिशतले बढेको छ, जसका कारण बजारमा स्मार्टफोनको खुद्रा मूल्य पनि क्रमशः बढ्दै गएको व्यवसायीहरूको भनाइ छ।

यसैगरी चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७५ हजार ५ सय ६७ वटा ल्यापटप र नोटबुक नेपाल भित्रिएका छन्। यसको आयात मूल्य ५ अर्ब २५ करोड ७४ लाख १९ हजार रुपैयाँ पुगेको छ। यसबाट सरकारले ९९ करोड ८४ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ५२ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरका ६६ हजार ५९ वटा ल्यापटप आयात भएका थिए, जसबाट ८६ करोड ८ लाख ९६ हजार रुपैयाँ राजस्व उठेको थियो। यस वर्ष प्रतिल्यापटप औसत १ हजार १ सय रुपैयाँ अर्थात् करिब १.६ प्रतिशत बढी मूल्य तिरिएको देखिन्छ।

राउटर आयात पनि यस वर्ष उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४ लाख ८९ हजार ३ सय ३६ वटा राउटर आयात भएका छन्, जसको कुल मूल्य १ अर्ब २५ करोड ३ लाख ३७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा ३ लाख ६६ हजार ८ सय ८० वटा राउटर ९४ करोड ६८ लाख २ हजार रुपैयाँमा आयात भएका थिए। समग्रमा प्रतिराउटर आयात मूल्य केही सस्तो देखिए पनि असोजदेखि पुससम्म आइपुग्दा औसत ६ देखि ७ प्रतिशतले मूल्य बढेको तथ्यांकले देखाउँछ।

सिमकार्डको आयातमा भने अघिल्लो वर्षको तुलनामा तीन गुणाभन्दा बढी वृद्धि भएको छ। चालु आर्थिक वर्षको पुससम्म ३२ लाख ८२ हजार ५ सय ९३ वटा सिमकार्ड आयात भएका छन्, जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १० लाख ५४ हजार ८ सय ११ वटा मात्र सिमकार्ड आयात भएका थिए। भन्सार विभागका अनुसार नेपालमा चीन, अस्ट्रेलिया, मेक्सिको, बेलायत, जापान, कतार, डेनमार्कलगायत विभिन्न देशबाट सिमकार्ड आयात भइरहेको छ।

स्मार्ट वाचको आयात भने घट्दो क्रममा देखिएको छ। पछिल्लो ६ महिनामा ११ करोड ८२ लाख १४ हजार रुपैयाँ बराबरका ४६ हजार १ सय ५७ वटा स्मार्ट वाच आयात भएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने १८ करोड ८९ लाख ३९ हजार रुपैयाँ मूल्यका १ लाख ७ हजार ७ सय ८९ वटा स्मार्ट वाच आयात भएका थिए।

मोबाइल एक्सेसरिजतर्फ ७९ लाख ७ हजार रुपैयाँ बराबरका १९ हजार २ सय ९० वटा सेल्फी स्टिक आयात भएका छन् भने ९३ लाख ७९ हजार रुपैयाँ बराबरका ५९ लाख ७ सय १७ वटा मेमोरी कार्ड नेपाल भित्रिएका छन्।

कम्प्युटर उपकरणतर्फ हेर्दा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५ करोड १ लाख रुपैयाँ बराबरका ३ लाख ५३ हजार ५ सय ८२ वटा माउस आयात भएका छन्। त्यस्तै २ लाख ४ हजार ४६ वटा किबोर्ड आयात गर्न ८ करोड ११ लाख १३ हजार रुपैयाँ खर्च भएको छ।

विश्लेषकहरूका अनुसार डिजिटल उपकरणको आयात मूल्य निरन्तर बढ्दै जाँदा सरकारी राजस्वमा वृद्धि भए पनि उपभोक्ताका लागि प्रविधि सामग्री खरिद झन् महँगो बन्दै जाने सम्भावना छ। यसले बजार माग, उपभोग प्रवृत्ति र प्रविधि पहुँचमा समेत असर पार्न सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology