The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नेपाल महिला क्रिकेटमा प्रशिक्षक पाठकको रणनीति र टोलीको सामूहिक प्रयासले सफलता ।

इन्दु–पूजाको साझेदारी निर्णायक, सुपर सिक्सको आशा कायम !

सुपर सिक्समा प्रवेशको लागि बंगलादेश, थाइल्यान्ड, नेदरल्यान्ड्स अग्रसर, अमेरिकाले पहिलो विजय ।
ADVERTISEMENT

नेपाल महिला क्रिकेट टोलीले पहिलोपटक टेस्ट राष्ट्रमाथि विजय हात पारेको छ। उपकप्तान पूजा महतोको उत्कृष्ट अर्धशत्कारी प्रदर्शनको मद्दतले नेपालले आईसीसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा शनिबार जिम्बावेलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्यो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङ निम्तो पाएको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनायो। नेपालले पूजाको अविजित ५२ रनमा ३ बलअघि लक्ष्य पूरा गर्‍यो। पूजाले ५० बलमा ४ चौका र २ छक्का प्रहार गरिन्।

नेपालको जितमा कप्तान इन्दु बर्मा र उपकप्तान पूजाबीचको तेस्रो विकेट साझेदारी (३५ रन) निर्णायक साबित भयो। घरेलु मैदानमा खेल्ने दबाबलाई व्यवस्थापन गर्दै पूजाले खेलको महत्वपूर्ण इनिङ्स खेलेकी थिइन्।

अन्य ब्याट्सम्यानहरू—सम्झना खड्का, विन्दु रावल, रुबिना क्षेत्री—ले आंशिक योगदान दिए। जिम्बावेलाई अतिरिक्त २१ रन प्राप्त भए, जसमा १९ रन वाइडबाट आएका थिए, जसले नेपाललाई लक्ष्य पुरा गर्न सहज बनायो।

बल्लिङमा रिया शर्माले २ विकेट लिई उत्कृष्ट प्रदर्शन गरिन्। कविता कुँवर, सीता रानामगर, रुबिना क्षेत्री र पूजाले पनि १–१ विकेट लिए।

यो जीतले नेपालको सुपर सिक्समा पुग्ने झिनो आशा कायम गरेको छ। समूह चरणमा थाइल्यान्डसँग ८ विकेट र नेदरल्यान्ड्ससँग २ रनले पराजय भोगिसकेको नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय ट्वान्टी–२० ग्लोबल छनोटमा जीत हासिल गरेको छ।

प्रशिक्षक हर्शल पाठकका अनुसार, टोलीको योजना र रणनीतिप्रति विश्वास राख्दा परिणाम आफैं सकारात्मक आउने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology