The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पूर्वमन्त्री टक्कर : महोत्तरी निर्वाचनको राजनीतिक रोमाञ्चकता ।

पूर्वमन्त्रीहरू सक्रिय महोत्तरीको प्रतिनिधिसभा चुनावमा अनुभव र शक्ति परीक्षण !

पूर्वमन्त्री टक्कर : महोत्तरी निर्वाचनको राजनीतिक रोमाञ्चकता ।
ADVERTISEMENT

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लामा राजनीतिक प्रतिस्पर्धा अत्यन्त रोचक बनेको छ। चार निर्वाचन क्षेत्र रहेको यस जिल्लामा विभिन्न दलका सात जना पूर्वमन्त्री प्रत्यक्ष रूपमा चुनावी मैदानमा उत्रिएका छन्। यसले महोत्तरीलाई प्रदेशकै सबैभन्दा चासोका साथ हेरिने चुनावी क्षेत्रमध्ये एक बनाएको छ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार महोत्तरी क्षेत्र नं–१ बाट एक जना, क्षेत्र नं–२ बाट एक जना, क्षेत्र नं–३ बाट दुई जना र क्षेत्र नं–४ बाट तीन जना पूर्वमन्त्री प्रतिस्पर्धामा छन्।

महोत्तरी क्षेत्र नम्बर १ बाट पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार बनेका छन्।

यस क्षेत्रमा उनले नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो र नेपाली कांग्रेसका मुकेश काफ्लेसँग प्रतिस्पर्धा गर्दैछन्। यस क्षेत्रलाई परम्परागत रूपमा प्रतिस्पर्धात्मक मानिँदै आएको छ।

महोत्तरी क्षेत्र नम्बर २ बाट पूर्वश्रम, रोजगार तथा यातायातमन्त्री शरत्सिंह भण्डारी जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट चुनावी मैदानमा उत्रिएका छन्।

उनीसँग नेपाली कांग्रेसकी पूर्वसांसद किरण यादव र नेकपा (एमाले) का कासिम नदाफ प्रतिस्पर्धामा छन्। यो क्षेत्र मधेस आन्दोलन र पहिचान राजनीतिसँग जोडिएको संवेदनशील क्षेत्रका रूपमा चिनिन्छ।

महोत्तरी क्षेत्र नम्बर ३ मा दुई पूर्वमन्त्रीबीच प्रत्यक्ष टक्कर हुने भएको छ।

पूर्वकृषिमन्त्री हरिनारायण यादवले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् भने पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान नेपाल सङ्घीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन्।

यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार रामआधार कापर, नेपाली कांग्रेसका बजरङ्ग नेपाली, जसपा नेपालकी मिनाक्षी ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका उज्ज्वलकुमार झा र नेकपा (एमाले) का मनोजकुमार सिंह पनि प्रतिस्पर्धामा छन्।

महोत्तरी क्षेत्र नम्बर ४ सबैभन्दा बढी पूर्वमन्त्रीहरू प्रतिस्पर्धामा रहेको क्षेत्र बनेको छ।

यस क्षेत्रमा पूर्वकृषिमन्त्री महेन्द्रकुमार राय नेपाली कांग्रेसबाट, पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव जसपा नेपालबाट र पूर्व प्रदेश गृहमन्त्री भरतप्रसाद साह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका छन्।

साथै, नेकपा (एमाले) का निलम अधिकारी पनि प्रमुख प्रतिस्पर्धीका रूपमा मैदानमा छन्।

महोत्तरी मधेस प्रदेशको राजनीतिक रूपमा संवेदनशील र रणनीतिक जिल्ला मानिन्छ। यहाँको चुनावी परिणामले प्रदेश तथा संघीय राजनीतिमा समेत प्रभाव पार्ने भएकाले राष्ट्रिय दलहरू महोत्तरीलाई प्राथमिकतामा राख्दै चुनावी अभियान तीव्र बनाइरहेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार पूर्वमन्त्रीहरूको व्यापक उपस्थितिले यसपटकको निर्वाचनलाई अनुभव, प्रभाव र संगठनात्मक शक्तिको परीक्षा बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology