The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

कारोबार रकम बढ्यो, १६ अर्ब ३५ करोडभन्दा बढीको सेयर किनबेच ।

बढ्नेभन्दा घट्ने स्टक्स बढी, पाँच कम्पनीमा सकारात्मक सर्किट !

नेप्से २६७२.५५ विन्दुमा बन्द, चार कम्पनीमा सर्किट ब्रेक ।
ADVERTISEMENT

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ। आइतबार ५७.५५ अंकले उकालो लागेको नेप्से सोमबार ३.०७ अंकले घट्दै २,७६९.०९ विन्दुमा पुगेर रोकिएको हो। सूचकमा सामान्य करेक्सन देखिए पनि बजार गतिविधि भने सक्रिय बनेको छ।

नेप्से घटे पनि कारोबार रकम आइतबारको तुलनामा वृद्धि भएको छ। सोमबार ३३२ वटा कम्पनीका ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ४६६ रुपैयाँ बराबरमा खरिद–बिक्री भएका छन्।

यसअघिल्लो कारोबार दिन आइतबार १३ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

सोमबारको कारोबारमा ८८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ वटा कम्पनीको घटेको छ। ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

बजारमा सकारात्मक सर्किट लेभलमा पुग्ने पाँच कम्पनी रहेका छन्। एसवाई प्यानल नेपाल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालका सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।कारोबार रकमका आधारमा हिमालयन पावर सोमबार शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यसपछि आँखु खोला जलविद्युत कम्पनीको ५६ करोड, मञ्जुश्री फाइनान्सको ५२ करोड, एसवाई प्यानल नेपालको ५० करोड र बन्दिपुर केबलकार एण्ड टुरिजमको ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।सोमबारको बजारमा १३ वटा उपसमूहमध्ये चारवटा उपसमूहको परिसूचक बढेको छ भने नौवटा उपसमूह नकारात्मक देखिएका छन्।

होटल्स एण्ड टुरिजम, हाइड्रोपावर, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्युचुअल फण्ड उपसमूहमा सुधार देखिएको छ। बाँकी बैंकिङ, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, ट्रेडिङ, लगानी लगायतका उपसमूह दबाबमा परेका छन्।

बजार विश्लेषकहरूका अनुसार अघिल्लो दिनको तीव्र बढोत्तरीपछि सोमबार बजारमा सामान्य करेक्सन देखिएको हो। यद्यपि कारोबार रकम बढ्नुले लगानीकर्ताको सक्रियता कायम रहेको संकेत गर्दछ। विशेषज्ञहरूका अनुसार आगामी दिनहरूमा नीतिगत संकेत, बैंकिङ तरलता र ब्याजदरको अवस्थाले बजारको दिशा निर्धारण गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology