The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

निर्वाचन आचारसंहिता उल्लंघन आरोपमा पाँच उम्मेदवारसँग आयोगको स्पष्टीकरण ।

सामाजिक सञ्जाल दुरुपयोगदेखि बालबालिका प्रयोगसम्मका विषयमा छानबिन !

बर्दियामा निर्वाचन लक्षित सुरक्षा सतर्कता : माघ मसान्तभित्र हतियार बुझाउन प्रशासनको निर्देशन ।
ADVERTISEMENT

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पाँच जना उम्मेदवारसँग औपचारिक स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार विभिन्न उजुरी र अनुगमनका आधारमा आचारसंहिता विपरीत गतिविधि गरेको पाइएपछि सम्बन्धित उम्मेदवारहरूसँग लिखित स्पष्टीकरण माग गरिएको हो।

स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा झापा–५ का बालेन्द्र शाह (बालेन), भक्तपुर–२ का महेश बस्नेत, सुनसरी–१ का हर्क साम्पाङ, रूपन्देही–२ का निकोलस भुसाल तथा भक्तपुर–२ की उम्मेदवार जानुका पाठक रहेका छन्।

आयोगका अनुसार झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले सोही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीप्रति सामाजिक सञ्जालमार्फत अमर्यादित टिप्पणी गरेको उजुरी परेपछि स्पष्टीकरण सोधिएको हो। आयोगले चुनावी आचारसंहिता अनुसार प्रतिस्पर्धी उम्मेदवारको व्यक्तिगत चरित्रमाथि आक्रमण गर्न नपाइने व्यवस्था रहेको स्मरण गराएको छ।

भक्तपुर–२ का उम्मेदवार महेश बस्नेतलाई बालेनलाई ‘छाउरा’ भनेर अपमानजनक अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधिएको छ। सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङमाथि भने चुनाव प्रचारका क्रममा बालबालिकालाई प्रयोग गरेको तथा प्रचार सामग्रीसहित टिसर्ट लगाउन लगाएको विषयमा आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ।

त्यस्तै रूपन्देही–२ का उम्मेदवार निकोलस भुसालमाथि ‘जेनजी आन्दोलन’सँग सम्बन्धित आइकोनिक जुत्तालाई आफ्नो चुनाव चिह्नका रूपमा प्रचार गरेको भन्दै आयोगले स्पष्टीकरण माग गरेको हो।

भक्तपुर–२ की उम्मेदवार जानुका पाठकमाथि पनि आयोगले स्पष्टीकरण सोधेको छ। उनीमाथि अन्य उम्मेदवारलाई लक्षित गर्दै ‘हत्यारा’ र ‘बलात्कारी’ जस्ता शब्द प्रयोग गरी घृणाजन्य टिप्पणी गरेको आरोप लगाइएको छ। आयोगले यस्ता अभिव्यक्तिले चुनावी वातावरण बिगार्ने भन्दै गम्भीरतापूर्वक लिएको जनाएको छ।

निर्वाचन आयोगले चुनावी प्रतिस्पर्धालाई मर्यादित, निष्पक्ष र सभ्य बनाउन आचारसंहिता उल्लंघनका घटनामा कडाइ गर्ने संकेत दिएको छ। आयोगका अनुसार स्पष्टीकरण चित्तबुझ्दो नभए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology