राष्ट्रिय मानव अधिकार आयोगले माइतीघरमा आमरण अनशनरत अजय सोडारीको स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारसँग उनको जीवन रक्षा गर्न आग्रह गरेको छ।
‘जेनजी’ आन्दोलनका बन्दी रिहाइ र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारलगायतका माग राख्दै विगत ९ दिनदेखि अनशनमा रहेका सोडारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। आयोगले माघ १३ गते स्थलगत अनुगमन गर्दा चिकित्सकहरूले उनको रक्तचाप र पल्स रेट घटेको तथा स्वास्थ्य कमजोर हुँदै गएको जानकारी दिएका थिए।
आयोगले तत्काल प्रभावकारी उपचारको व्यवस्था मिलाउन, वार्ताको माध्यमबाट समस्या समाधान खोज्न र जीवन रक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। यसैबीच, स्वास्थ्य प्रतिकुल बनेपछि आजै सोडारीलाई वीर अस्पताल भर्ना गरिएको छ।















