उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौँ उपत्यकाका १५ उम्मेदवारले आज काठमाडौँस्थित गणेश मन्दिरमा दर्शन गरी आफ्नो चुनावी यात्रा प्रारम्भ गरेका छन्।
यस अवसरमा उम्मेदवारहरूले कालभैरव, इन्द्रचोक, वसन्तपुर, नरदेवी लगायत काठमाडौँका प्रमुख शक्तिपीठ तथा धार्मिक–ऐतिहासिक स्थलहरूको पनि दर्शन गरेका छन्।
पार्टीका अनुसार, यो कार्यक्रम धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको हो। अध्यक्ष घिसिङले जनताबाट प्राप्त समर्थन र हौसलाका आधारमा आफ्नो पार्टीले आगामी निर्वाचनमा मत पाउने विश्वास व्यक्त गरेका छन्।















