The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

निमुख नागरिकको स्वास्थ्य उपचारमा सरकारको दायित्व, ऋण खोजेर कार्यक्रम बचाउनुपर्ने सुझाव ।

स्वास्थ्य बिमा बोर्डको वार्षिक २६ अर्ब ५९ करोडको बजेट व्यवस्थापन चुनौतीमा !

बजेट अभावले स्वास्थ्य बिमा कार्यक्रम बन्द हुने जोखिम: स्वास्थ्यमन्त्री शर्मा
ADVERTISEMENT

तत्काल १४ अर्ब बजेटको व्यवस्था नभए स्वास्थ्य बिमा कार्यक्रम बन्द हुने खतरामा पुगेको छ।

स्वास्थ्यमन्त्री डा‍‍. सुधा शर्माले बुधबार भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की र अर्थ सचिव घनश्याम उपाध्यायसँग त्यो रकमको व्यवस्थापन नभए बिमा कार्यक्रम बन्द हुने भन्दै त्यसका लागि अनुमित दिन आग्रह गरेकी थिइन्।

तर, अर्थ मन्त्रालयले भने त्यत्रो रकम निकासा गर्न नसकिने स्पष्ट सन्देश दिएको छ । ‘यही वर्ष पनि १० अर्ब दिइसकेका छौं, थप बजेट दिन सकिँदैन,’ अर्थ सचिव घनश्याम उपाध्यायको जवाफ थियो, ‘बिमा कार्यक्रम सञ्चालनमा सुधार गर्ने उपाय खोज्नुपर्छ, बिमा कार्यक्रम बिमा जस्तो भएको छैन।’

अहिले स्वास्थ्य बिमा बोर्डले ५ सय १० अस्पताललाई बिमाअन्तर्गत उपचारको करिब १४ अर्ब भुक्तानी गर्न बाँकी छ ।

बोर्डको वार्षिक बजेट करिब २६ अर्ब ५९ करोड पुगेको छ । गएको आर्थिक वर्ष बोर्डले स्वास्थ्य बिमामा २३ अर्ब रुपैयाँको दायित्व बोकेको थियो । तर, बिमा प्रिमियमबाट पौने ४ अर्ब मात्रै संकलन भएको थियो ।

सरकारले २०८०/०८१ सम्म वार्षिक ७ देखि १० अर्बसम्म अनुदान दिँदै आएको थियो । चालु आर्थिक वर्षका लागि छुट्याएको १० अर्ब सकिएर बोर्डले थप १ अर्ब पनि खर्च गरिसकेको छ ।

बजेट अभावमा बिमा कार्यक्रम नै बन्द हुने अवस्था आएपछि प्रधानमन्त्री सुशीला कार्कीले भने ऋण गरेर भए पनि यसलाई निरन्तरता दिनुपर्ने बताएकी छन् ।

स्वास्थ्य बिमा बोर्डसँग भएको छलफलमा उनले निमुखा नागरिकको स्वास्थ्य उपचार गर्ने दायित्व सरकारको भएकाले ऋण खोजेर भए पनि निरन्तरता दिनुपर्ने उल्लेख गरिन् ।

यसबारे अर्थमन्त्रीसँग समेत छलफल गरेर निकास निकाल्नुपर्ने उनको भनाइ छ। ‘अनिकाल लागे बालबच्चाको मुन्द्रा (गहना), भाँडाकुँडा बेचेर पनि अनिकाल टार्नुपर्छ,’ कार्कीले भनिन्, ‘स्वास्थ्य बिमा पनि त्यस्तै भएको छ । यसमा अनियमितता भएको पनि सुनेको छु । स्वास्थ्य बिमा कसैलाई व्यापार, कसैलाई अपार हुनु हुँदैन। निमुखाले निःशुल्क सुविधा पाउने व्यवस्था पनि गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी, नयाँ हमलाहरू रद्द

इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी, नयाँ हमलाहरू रद्द

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

भारतीय जल तथा मौसम विज्ञान विभागले मनसुनी वायु नेपाल प्रवेशको जानकारी

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

फुटबलको सबैभन्दा ठूलो महोत्सव : ४८ राष्ट्र र स्टार खेलाडीको महाकुम्भ

फुटबलको सबैभन्दा ठूलो महोत्सव : ४८ राष्ट्र र स्टार खेलाडीको महाकुम्भ

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology