बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा सुन र चाँदीको मूल्यमा गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन प्रतितोला सुनको मूल्य २ लाख ९५ हजार २०० कायम भएको छ। अघिल्लो दिन बुधबार एक तोला सुन ३ लाख ४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसदिन एक तोला चाँदीको मूल्य ४ हजार ९८० कायम भएको छ । बुधबार सोही परिमाणको चाँदी ५ हजार ६०० कायम भएको थियो ।















