रामेछापमा बस दुर्घटना भएको छ। काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको बस त्रिवेणी नजिकै दुर्घटना हुँदा केही यात्रु गम्भीर भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
बस तामाकोशी नदीमा खसेको छ।प्रहरी घटनास्थलतर्फ जाँदै छन्। स्थानीयले घाइतेको उद्धार गरिरहेको बताइएको छ। थप विवरण आउन बाँकी छ।















