अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानलाई धम्की दिएका छन्।
एक टीभी च्यानलसँगको अन्तर्वार्तामा उनले इरानसँग जारी वार्ताका विषयमा बताउँदै पुन: चेतावनीपूर्ण अभिव्यक्ति दिएका हुन्।
ट्रम्पले भनेका छन्, ‘हाम्रो एउटा विशाल जहाज इरानतर्फ गइरहेको छ। मलाई लाग्छ- उनीहरू (इरान) सम्झौता गर्न चाहन्छन्।’ उनले अगाडि भनेका छन्, ‘मलाई लाग्छ- यदि उनीहरूले त्यसो गरेनन् भने मूर्ख साबित हुनेछन्।
हामीले अघिल्लोपटक उनीहरूका आणविक पूर्वाधार नष्ट गरेका थियौँ। यसपटक हामी अरू के नष्ट गर्न सक्छौँ, हेर्दै छौँ।’ यसअघि सोमबार इरान र अमेरिकाका अधिकारीहरूबिच ओमानमा वार्ता भएको थियो।
जसमा ओमानले मध्यस्थताको भूमिका निर्वाह गरेको थियो। यसपछि पनि उनीहरूले वार्तालाई निरन्तरता दिने बताएका थिए।















