हर्क साम्पाङको ‘माटो’ले समानुपातिकमा कम्तिमा ४ सिट जित्ने निश्चित ! रास्वपालाई २ तिहाई अपुग हुने ।
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले थ्रेसहोल्ड कटाउने निश्चित झैँ देखिएको छ । प्रत्यक्षतर्फ ३ सिट जितिसकेकोले उसको कूल सिट ७ हुनेछ । चुनावभन्दा केही अघि मात्र खुलेको यो पार्टीको यो सानो सफलता होइन ।
निर्वाचन आयोगले दिउँसो साढे ३ बजेसम्म अपडेट गरेको कुल सदर मत (Total Valid Votes): 9,170,935 मा यो पार्टीले 316,686 ल्याइसकेको छ।
हाम्रो हिसाब हेर्दा (कुल खसेको मत − बदर मत) = कुल सदर मत
१,०९,७७,७११ − ४,३९,१०८ (अनुमानित ४%) = १,०५,३८,६०३
सदर मतको ३% = ➡ ~ ३,१६,१५९ मत
यो बदर मत अनुमानित भएको हिसाबले केही तलमाथि हुनसक्छ । मतगणना अझै जारी भएको र माटोको मत बढ्दै गरेको कारणले श्रम संस्कृतिले समानुपातिकमा ४ सिट पाउने हाम्रो हिसाबले त सुनिश्चित नै भयो भन्दा हुन्छ ।
अर्को पार्टी राप्रपाको चाहिँ अहिले केही भन्न सकिने अवस्था छैन । पछिल्लो समय हलोभन्दा माटोको मत तीव्र रुपमा बढेको छ। अबको गणनामा हलोको सिट बढ्ने हो भने उसले पनि चार सिट पाउने निश्चित हुन्छ ।
माटो र हलो दुवैले चार सिट पाएमा रास्वपा समानुपातिकमा ५८ सिटमा सीमित हुनेछ भने प्रत्यक्षको १२४ जित र १ अग्रतासहित जोड्दा १८३ हुनेछ । दुई तिहाईकालागि १८४ आवश्यक हुन्छ ।















