काठमाडौं, ११ चैत (२०८२) | अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै कमजोर विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको बिक्री दर १५० रुपैयाँ ६७ पैसा तोकेको छ, जुन अहिलेसम्मकै उच्च (अल-टाइम हाई) रेकर्ड हो ।
पछिल्लो समय इरान–अमेरिका तनाव र विश्व राजनीतिक अस्थिरताका कारण डलर निरन्तर बलियो बन्दै जाँदा नेपाली मुद्राको अवमूल्यन भएको हो । बुधबारका लागि भने राष्ट्र बैंकले सामान्य घटबढसहित १५०.४९ रुपैयाँ विनिमय दर तय गरेको छ ।
डलरको यो बढोत्तरीमा मुख्य दुई कारण देखिएका छन् ति मध्य इरान युद्ध र ऊर्जा संकट जुन फेब्रुअरी २०२६ बाट सुरु भएको इरान युद्धका कारण विश्व बजारमा आपूर्ति प्रणाली खलबलिएको छ । यसले अमेरिकामा मुद्रास्फीति (महँगी) बढाउने जोखिम निम्त्याएपछि लगानीकर्ताहरू सुरक्षित मानिने ‘अमेरिकी डलर’तर्फ आकर्षित भएका छन् । भने अर्को फेडरल रिजर्भको नीति जहाँ अमेरिकी केन्द्रीय बैंक (फेड) ले मार्च १८ को बैठकबाट ब्याजदर नबढाउने निर्णय गरेपछि बजारमा डलरको माग झनै चुलिएको छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर (Fixed Peg) रहेको छ । विश्व बजारमा भारु कमजोर भई प्रति डलर ९३.८३ सम्म पुगेपछि त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको हो ।















