The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भारत सरकारको सहयोगमा पुनर्निर्मित जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’

भारत सरकारको सहयोगमा पुनर्निर्मित जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’
ADVERTISEMENT

ललितपुर: भारत सरकारको अनुदान सहयोगमा संरक्षण तथा पुनर्निर्माण गरिएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारले सन् २०२५ को युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारअन्तर्गत ‘अवार्ड अफ मेरिट’ प्राप्त गरेको छ।

महाविहारमा आयोजित हस्तान्तरण समारोहमा नेपालका लागि युनेस्को प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा अवार्डको धातुपट्टिका र आधिकारिक प्रमाणपत्र जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभयो।

जेष्ठ वर्ण महाविहारको संरक्षण तथा पुनर्निर्माण कार्य भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत करिब १३ करोड ७८ लाख रुपैयाँको लागतमा सम्पन्न गरिएको हो। परियोजनाका लागि भारत सरकारले प्राविधिक विशेषज्ञता उपलब्ध गराउन इन्डियन नेसनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (INTACH) लाई परियोजना व्यवस्थापन परामर्शदाता नियुक्त गरेको थियो।

युनेस्कोले महाविहार संरक्षण परियोजनाको समुदायकेन्द्रित दृष्टिकोण, परम्परागत नेवारी काष्ठकला तथा वास्तुकलाको संरक्षण र आधुनिक भूकम्पीय सुरक्षा सुदृढीकरणबीच कायम गरिएको सन्तुलनको प्रशंसा गरेको छ। संरक्षण कार्यका क्रममा नेवार बौद्ध समुदायका दैनिक अनुष्ठान तथा सांस्कृतिक अभ्यासलाई निरन्तरता दिइएको पक्षलाई पनि परियोजनाको महत्वपूर्ण उपलब्धिका रूपमा मान्यता दिइएको छ।

भारत सरकारले २०७२ सालको गोरखा भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न १ अर्ब अमेरिकी डलर बराबरको सहायता प्रतिबद्धता गरेको थियो। सोअन्तर्गत हालसम्म ५० हजार निजी आवास, ७० विद्यालय तथा एक पुस्तकालय, १२२ स्वास्थ्य संस्था र १७ सांस्कृतिक सम्पदा स्थलको पुनर्निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको भारतीय पक्षले जनाएको छ।

सांस्कृतिक सम्पदा संरक्षणतर्फ भारत सरकार काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ र गोरखा गरी ८ जिल्लाका ३० वटा परियोजनामा संलग्न रहेको जनाएको छ। तीमध्ये काठमाडौंको सेतो मच्छिन्द्रनाथ मन्दिर, ललितपुरको कुमारी घर तथा जेष्ठ वर्ण महाविहार, भक्तपुरको जंगम मठ र सिन्धुपाल्चोकको तार्के घ्याङ गुम्बा प्रमुख परियोजना हुन्।

समारोहमा भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले जेष्ठ वर्ण महाविहार परियोजनामा संलग्न उपभोक्ता समुदाय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, INTACH तथा अन्य सरोकारवालालाई बधाई दिँदै परियोजनाले भारत–नेपालबीचको गहिरो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई प्रतिबिम्बित गरेको बताउनुभयो।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महाविहार संरक्षणमा भारत सरकारको सहयोगको प्रशंसा गर्दै ललितपुरका अन्य सांस्कृतिक सम्पदा संरक्षणमा समेत सहयोग पुर्‍याएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो। जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिले पनि समयमै आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति धन्यवाद व्यक्त गर्दै पुनर्स्थापित महाविहारलाई समुदायको उत्थानशीलता र भारत–नेपाल मित्रताको प्रतीकका रूपमा उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology