The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बाजुरामा एलपी ग्यासको चरम अभाव, कोल्टीमा घण्टौँ लाइन बस्न बाध्य उपभोक्ता ।

बाजुरामा एलपी ग्यासको चरम अभाव, कोल्टीमा घण्टौँ लाइन बस्न बाध्य उपभोक्ता ।
ADVERTISEMENT

सर्मिला रोकाया
बाजुरामा खाना पकाउन प्रयोग हुने एलपी ग्यासको अभाव चुलिँदै गएको छ । कोल्टीलगायत जिल्लाका विभिन्न क्षेत्रमा मागअनुसार ग्यासको आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा परेका छन् । ग्यास लिन उपभोक्ताले घण्टौँसम्म लाइन बस्नुपर्ने र खाली सिलिन्डर बुझाएपछि पनि एक सातादेखि १० दिनसम्म पालो कुर्नुपर्ने अवस्था देखिएको छ ।
कोल्टीस्थित नविन ग्यास डिपोमा ग्यास लिन उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । नियमित रूपमा एलपी ग्यास प्रयोग गर्दै आएका परिवारसँगै विद्यार्थी, कर्मचारी, डेरामा बस्ने व्यक्ति तथा होटल–चिया नास्ता व्यवसायीसमेत ग्यास अभावबाट बढी प्रभावित भएका छन् ।
नविन ग्यास डिपोका वितरक नविन शाहीका अनुसार आपूर्ति कम्पनीबाट मागअनुसार पर्याप्त ग्यास प्राप्त नहुँदा कोल्टीमा समस्या देखिएको हो । उहाँका अनुसार आपूर्ति कम्पनीबाट ग्यास लिन करिब दुई सातासम्म लाइन बसेपछि एक सय ५० सिलिन्डर मात्र प्राप्त भएको छ ।
“ढुवानीको हिसाबले एक पटकमा करिब तीन सय ५० सिलिन्डरसम्म ल्याउन सकिने भए पनि मागअनुसार ग्यास प्राप्त नहुँदा अहिले एक सय ५० सिलिन्डर ल्याएर वितरण गर्नुपर्ने अवस्था छ,” वितरक शाहीले भन्नुभयो ।
ग्यासको मात्रा कम र माग उच्च भएपछि नविन ग्यास डिपोले उपभोक्तालाई लाइनमा राखेर दर्ता प्रक्रियामार्फत ग्यास वितरण गरिरहेको छ । शाहीका अनुसार आपूर्ति कम्पनीबाट पर्याप्त ग्यास नपाउनुका साथै बजारमा अभाव हुने संकेत पाएपछि उपभोक्ता ट्रक कोल्टी पुग्नुअघि नै लाइनमा बस्ने गरेका छन् ।
ग्यास अभावका कारण दैनिक खाना पकाउनसमेत समस्या भएको उपभोक्ता निर्मला थापाले बताउनुभयो । उहाँका अनुसार घरमा ग्यास सकिएको एक साता भइसकेको थियो । नयाँ सिलिन्डर डिपोमा पुगेको खबर पाएलगत्तै ग्यास लिन लाइनमा बस्न पुग्नुभयो ।
“ग्यास सकिएको एक हप्ता भयो । ग्यास नपाएपछि दाउरा बालेर खाना पकाउनुपर्ने बाध्यता छ, आज सिलिन्डर आएको थाहा पाएपछि तुरुन्तै लाइनमा बसेँको छु”उहाँले भन्नुभयो ।
नेपाल आयल निगमका अनुसार असार ३१ गतेदेखि आधा सिलिन्डरको सट्टा पुनः पूर्ण सिलिन्डर बिक्री सुरु भएपछि बजारमा एलपी ग्यासको माग एक्कासि बढेको हो । निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउने प्रयास भइरहेको जनाएको छ ।
तर दुर्गम जिल्ला बाजुराका उपभोक्ताका लागि ग्यास अभावको समस्या तत्काल समाधान हुने अवस्था देखिएको छैन । नियमित आपूर्ति नहुँदा घरायसी उपभोक्ताले वैकल्पिक रूपमा दाउरा प्रयोग गर्नुपर्ने अवस्था आएको छ भने होटल तथा चिया–नास्ता व्यवसायसमेत प्रभावित भएका छन् ।
उपभोक्ताले जिल्लामा एलपी ग्यासको आपूर्ति नियमित गर्न, मागअनुसार पर्याप्त ग्यास उपलब्ध गराउन र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूले दुर्गम क्षेत्रमा ढुवानी तथा आपूर्तिको समस्या देखाउँदै लामो समयसम्म ग्यासको पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्नसमेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology