The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बारीमै थन्कियो स्वामीकार्तिकको स्याउ, सडक र बजार नहुँदा किसान चिन्तित ।

बारीमै थन्कियो स्वामीकार्तिकको स्याउ, सडक र बजार नहुँदा किसान चिन्तित ।
ADVERTISEMENT

सर्मिला राेकाया

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न क्षेत्रमा यस वर्ष स्याउको उत्पादन राम्रो भए पनि सडक र बजारको सहज पहुँच नहुँदा किसान चिन्तित बनेका छन् । पाकेर बिक्रीका लागि तयार भएको स्याउ समयमै बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने जोखिम बढेको किसानहरूले बताएका छन् ।
गाउँपालिकाका संकल्पे, जेवाले, जुकोट, जोरु, रिव्डा, सैदेयो, खुन्का, लोथि, मुजेरा, मुक्राहा र गोठी गाउँलगायतका क्षेत्रमा यस वर्ष स्याउ लटरम्म फलेको छ । उत्पादन राम्रो भए पनि गाउँसम्म पुग्ने सडकको अवस्था कमजोर हुँदा व्यापारीहरू स्याउ खरिद गर्न किसानका बारीसम्म पुग्न सकेका छैनन् ।
किसानका अनुसार केही व्यापारी गाउँसम्म पुग्न नसकेर फर्किने गरेका छन् भने केहीले सडकको अवस्थाका कारण स्याउ खरिद गर्न आनाकानी गर्ने गरेका छन् । व्यापारी हिक्मत कैलाले स्वामीकार्तिकका पाँचवटै वडामा स्याउ राम्रो फले पनि सडकको समस्या सबैभन्दा ठूलो चुनौती बनेको बताउनुभयो ।
उहाँका अनुसार तल्लो जोरुको कुवा–नाउलासम्म ट्र्याक्टर पुगे पनि त्यसभन्दा माथिका विभिन्न ठाउँमा सडक अवरुद्ध छ । स्याउ झर्न थालिसकेको अवस्थामा तत्काल सडक मर्मत गरी ढुवानी सहज बनाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
“स्वामीकार्तिकका पाँचवटै वडामा स्याउ लटरम्म फलेको छ । तर सडकको सहज पहुँच छैन । तल्लो जोरु कुवा–नाउलासम्म ट्र्याक्टर पुगे पनि त्यसभन्दा माथि ठाउँ–ठाउँमा सडक अवरुद्ध छ । स्याउ झर्न थालिसकेको छ, त्यसैले सडक मर्मतमा स्थानीय सरकारले तत्काल ध्यान दिनुपर्छ,” कैलाले बताउनुभयो ।
वर्षौँदेखि स्याउ खेतीमा लगानी गर्दै आएका किसानका लागि यस वर्ष उत्पादन राम्रो हुनु उत्साहजनक भए पनि बजारको अभाव भने मुख्य चुनौती बनेको छ । बजारसम्म उत्पादन पु¥याउन नसक्दा लाखौँ रुपैयाँ बराबरको स्याउ बारीमै नोक्सान हुने जोखिम बढेको किसानहरूको भनाइ छ ।
कृषक कपुरबहादुर शाहीका अनुसार अहिले स्याउ पाकेर झर्न थालेको छ । समयमै बिक्री र ढुवानीको व्यवस्था हुन नसके स्याउ बारीमै कुहिने तथा चराचुरुङ्गी, बाँदर र अन्य वन्यजन्तुको आहार बन्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

“स्याउ राम्रो फलेको छ, तर बजारसम्म लैजाने बाटो छैन । व्यापारी पनि गाउँसम्म आउँदैनन् । समयमै ढुवानीको व्यवस्था भएन भने ठूलो परिमाणमा स्याउ नोक्सान हुने अवस्था छ,” शाहीले भन्नुभयो ।
स्वामीकार्तिकमा पछिल्ला वर्षहरूमा स्याउ उत्पादनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । उत्पादन बढाउन किसानले लगानी र मेहनत गरिरहेका भए पनि सडक, ढुवानी र बजारको भरपर्दो व्यवस्था नहुँदा उनीहरूले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।
किसानहरूले उत्पादन बढाउने मात्र नभई उत्पादित वस्तुको बजार सुनिश्चित गर्न पनि सरकारको ध्यान जानुपर्ने माग गरेका छन् । स्थानीय तह, प्रदेश सरकार तथा सम्बन्धित निकायले तत्काल सडक सञ्चालन, अवरुद्ध सडक मर्मत र ढुवानीको व्यवस्था मिलाएर स्याउ बजारसम्म पु¥याउने वातावरण बनाउनुपर्ने उनीहरूको माग छ ।
समयमै सडक सञ्चालन र बजारको व्यवस्था हुन नसके यस वर्ष उत्पादन भएको ठूलो परिमाणको स्याउ बारीमै खेर जाने र किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको छ । उत्पादनका हिसाबले सम्भावनायुक्त स्वामीकार्तिकमा सडक र बजारको अभाव भने स्याउ किसानका लागि प्रमुख बाधक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology