The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

आइची–नागोया एसियाडको पहिलो स्वर्ण जापानलाई

आइची–नागोया एसियाडको पहिलो स्वर्ण जापानलाई
ADVERTISEMENT

काठमाडौं । घरेलु भूमिमा जारी २०औँ एसियाली खेलकुद (एसियाड)मा आयोजक जापानले स्वर्ण पदकसहित उत्कृष्ट सुरुवात गरेको छ ।

पुरुष व्यक्तिगत ट्रायथलनमा जापानका ३० वर्षीय ताकुमी होजोले स्वर्ण पदक जित्दै आइची–नागोया एसियाडको पहिलो स्वर्ण आयोजक राष्ट्रलाई दिलाएका हुन् ।

आइतबार भएको प्रतिस्पर्धामा होजोले निर्धारित दूरी ५२ मिनेट ५६ सेकेन्डमा पूरा गरे । उनले चीनका झाङ सुइरुईलाई ९ सेकेन्डले पछि पार्दै स्वर्ण जिते । कजाकिस्तानका अरलान झानाबाय १५ सेकेन्डले पछि पर्दै कांस्य पदकमा सीमित भए ।

ट्रायथलनमा ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड समावेश थियो । मिकावा खाडीमा भएको पौडीमा होजो चौथो स्थानमा रहेका थिए भने साइकलतर्फ पाँचौँ स्थानमा पुगेका थिए । अन्तिम ५ किलोमिटर दौडमा भने उत्कृष्ट प्रदर्शन गर्दै उनले स्वर्ण आफ्नो नाममा गरे ।

दौडको सुरुवातमा होजो र झाङबीच कडा प्रतिस्पर्धा भएको थियो । अन्तिम चरणमा गति बढाएका होजोले झाङलाई पछि पार्दै घरेलु दर्शकमाझ स्वर्ण जित्न सफल भए ।

यो होजोको एसियाली खेलकुदमा दोस्रो स्वर्ण हो । यसअघि उनले तीन वर्षअघि चीनको हाङझाउमा भएको एसियाडमा मिश्रित रिलेमा जापानलाई स्वर्ण दिलाएका थिए ।

होजोले गत वर्ष यही स्थानमा भएको एसियाडको परीक्षण ट्रायथलनमा समेत पहिलो स्थान हासिल गरेका थिए । घरेलु मैदान र परिचित मार्गको अनुभवलाई उपयोग गर्दै उनले यसपटक पनि उत्कृष्ट प्रदर्शन गरे ।

स्वर्ण जितेपछि होजोले आफू प्रतियोगिताका लागि निकै उत्साहित रहेको र राम्रो लयमा रहेको प्रतिक्रिया दिएका छन् । वर्षाको सम्भावना रहे पनि मौसमले साथ दिएको तथा सुरुवातदेखि नै आफू राम्रो लयमा रहेको उनले बताएका छन् ।

यससँगै आइची–नागोया एसियाडमा जापानले पदक तालिकाको सुरुवात नै स्वर्ण पदकबाट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology