The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीतिक शाखा स्थापना

परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीतिक शाखा स्थापना
ADVERTISEMENT

काठमाडौँ – जलवायु परिवर्तनका असरलाई अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले ‘जलवायु कूटनीतिक शाखा’ स्थापना गरेको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार जलवायु परिवर्तनका कारण नेपालको संस्कृति, सभ्यता र अस्तित्वमा समेत चुनौती थपिँदै गएकाले जलवायु कूटनीतिलाई प्राथमिकताका साथ अघि बढाउन नयाँ शाखा गठन गरिएको हो।

नयाँ शाखाले कूटनीतिक पहलसँगै जलवायुजन्य विपद्का तथ्यांक तथा वैज्ञानिक प्रमाण संकलन, अध्ययन र मूल्याङ्कन गर्नेछ। साथै जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा विभिन्न निकायबीच समन्वय गर्दै प्रतिकार्यका गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी पनि शाखाले पाउनेछ।

प्रवक्ता क्षेत्रीका अनुसार नेपालमा जलवायु परिवर्तनसम्बन्धी अध्ययन तथा अनुसन्धान गरिरहेका सरकारी तथा अन्य संस्थासँग सहकार्य गरी आवश्यक तथ्यांक र प्रमाण संकलन गरिनेछ। विभिन्न मन्त्रालय तथा निकायबाट भइरहेका जलवायु परिवर्तनसम्बन्धी कामलाई समन्वय गरी एकद्वार प्रणालीबाट अघि बढाउन शाखाले भूमिका खेल्नेछ।

संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत रहने गरी शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ।

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले जलवायु कूटनीतिलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको प्रवक्ता क्षेत्रीले बताए। उनका अनुसार पछिल्ला विपद्का घटनाले नेपालको अस्तित्व र वातावरणीय सुरक्षामा देखिएको चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा थप मजबुत ढंगले उठाउनुपर्ने अवस्था सिर्जना गरेको छ।

शाखाले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन तथा सभामा नेपालको सहभागिताका लागि आवश्यक सूचना, तथ्यांक र प्रमाण जुटाउनसमेत सहयोग गर्नेछ। यसबाट सरकारको जलवायु सम्बन्धी कार्ययोजना, नीति तथा अन्तर्राष्ट्रिय कूटनीतिक तयारीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology