The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

दसौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने, अब द्विविधा नराख्न मन्त्री पोखरेलको आग्रह

दसौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने, अब द्विविधा नराख्न मन्त्री पोखरेलको आग्रह
ADVERTISEMENT

सुर्खेत — शिक्षा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष सस्मित पोखरेलले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुने स्पष्ट पारेका छन्। पटक–पटक मिति परिवर्तन हुँदा उत्पन्न आशंका अब अन्त्य भएको भन्दै उनले प्रतियोगिता हुनेमा कुनै द्विविधा नराख्न आग्रह गरेका छन्।

आइतबार सुर्खेतमा बसेको मूल आयोजक समितिको बैठकपछि प्रतियोगिताको तयारी औपचारिक रूपमा अघि बढेको मन्त्री पोखरेलले बताए। उनका अनुसार प्रतियोगिता निर्धारित मितिबाट सुरु हुने भए पनि यसको तयारी र उत्साह भने बैठकबाटै सुरु भएको छ।

मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदलाई केवल प्रतियोगितामा सीमित नगरी देशभरका ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभावान खेलाडीलाई राष्ट्रियस्तरमा अवसर दिने माध्यम बनाउनुपर्नेमा जोड दिए। खेलाडीले खेलकुदबाटै आफ्नो जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।

उनले संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी प्रतियोगितालाई साझा कार्यक्रमका रूपमा अघि बढाउन आग्रह गरे। राष्ट्रिय खेलकुदमा ओलम्पिक र एसियाली खेलकुदकै जस्तो उत्साह देशभर सिर्जना गर्नुपर्ने उनले बताए।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले मूल आयोजक समितिको बैठक कर्णालीमै बसेसँगै प्रतियोगिता निर्धारित योजनाअनुसार अघि बढ्ने स्पष्ट सन्देश गएको बताए। प्रदेश सरकारले प्रतियोगिताका लागि अधिकांश तयारी पूरा गरिसकेको र बाँकी कामलाई तीव्रता दिने उनले जानकारी दिए।

कर्णालीका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले पूर्वाधार तथा व्यवस्थापनका काममा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। खेलाडी तथा पदाधिकारीको आवासका लागि होटल व्यवसायीसँग छलफल भइरहेको तथा सुरक्षा र स्वास्थ्य व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढाइएको उनले जानकारी दिए।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले दसौं राष्ट्रिय खेलकुदलाई लामो समयपछि आयोजना हुन लागेको खेलकुद उत्सवका रूपमा लिनुपर्ने बताए। आवास, खानेपानी, सुरक्षा र स्वास्थ्य सेवासहित व्यवस्थापनका चुनौती समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले जानकारी दिए।

उनका अनुसार पारा खेलकुदका लागि सरकारले चालु आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद्लाई तीन करोड रुपैयाँभन्दा बढी बजेट उपलब्ध गराएको छ। दसौं राष्ट्रिय खेलकुद सम्पन्न भएपछि पारा खेलकुदको मिति तय गरी तयारी अघि बढाउने योजना रहेको उनले बताए।

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology