
काठमाडौँ – साउदी अरबले राज सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत नेपाल सरकारलाई मानवीय तथा राहत सामग्री उपलब्ध गराएको छ।
नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त सहायता सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्।
सहयोगका लागि मन्त्री पुनले साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै मानवीय सहायताले नेपाल र साउदी अरबबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउने बताए।
नेपालस्थित साउदी राजदूतावासका अनुसार केएस रिलिफको विशेषज्ञ टोलीले नेपाली सम्बन्धित निकायसँग समन्वय गरी प्राप्त सहायता सामग्री भोटेकोशी बाढीपीडितलाई वितरण गर्नेछ।

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology
© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology