The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भोटेकोशी बाढीको प्रारम्भिक प्रतिवेदन: १,४५५ जनाको मृत्यु, ५,२८५ अझै बेपत्ता

भोटेकोशी बाढीको प्रारम्भिक प्रतिवेदन: १,४५५ जनाको मृत्यु, ५,२८५ अझै बेपत्ता
ADVERTISEMENT

काठमाडौँ । गत भदौ १० गते भोटेकोशी नदी प्रणालीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनमा भएको मानवीय तथा भौतिक क्षतिको एकीकृत प्रारम्भिक प्रतिवेदन बागमती प्रदेश सरकारसमक्ष पेस गरिएको छ।

प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले १५ वटा विषयगत क्षेत्रका विवरण समेटिएको प्रतिवेदन मुख्यमन्त्री किरण थापा मगरलाई हस्तान्तरण गरेका हुन्।

प्रतिवेदनअनुसार बाढीबाट सबैभन्दा बढी रसुवा, नुवाकोट र धादिङ प्रभावित भएका छन् भने चितवनका तटीय क्षेत्रमा समेत क्षति पुगेको छ। बाढी तथा पहिरोमा परी १ हजार ४५५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५ हजार २८५ जना अझै बेपत्ता रहेको मन्त्रालयले जनाएको छ।

बाढीबाट प्रभावितमध्ये ३४४ जनाले अस्पतालमा उपचार पाएका छन्। विभिन्न अस्पतालबाट २९७ जना डिस्चार्ज भइसकेका छन्। उद्धारका क्रममा १३ हजार ७९५ जनाको सकुशल उद्धार गरिएको थियो भने उद्धार तथा राहतका लागि २० हजार ४७७ सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको प्रतिवेदनमा उल्लेख छ।

बाढीका कारण २ हजार ३०० निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त वा बगेका छन् भने २६९ घरमा आंशिक क्षति पुगेको छ। यसबाट २ हजार ३०० परिवार विस्थापित भएका छन्। हाल विभिन्न अस्थायी शिविरमा १ हजार ८५ जना आश्रय लिएर बसेका छन्।

विपद्को असर बालबालिका तथा ज्येष्ठ नागरिकमा समेत गम्भीर परेको छ। बाढीमा १०२ बालबालिकाले बाबुआमा दुवै गुमाएका छन् भने विभिन्न होल्डिङ सेन्टरमा २४६ बालबालिका र १६९ ज्येष्ठ नागरिक आश्रित छन्। ३८ वटा होल्डिङ सेन्टरमा तत्काल मनोसामाजिक परामर्श आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ।

भौतिक संरचनामा व्यापक क्षति

बाढीले ३४ वटा मोटरेबल पुल, ५१ वटा झोलुङ्गे पुल र ३.५ किलोमिटर कालोपत्रे सडकमा क्षति पुर्‍याएको छ। १२ विद्यालय पूर्ण रूपमा र १८ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। विद्यालयका ३५ भवन तथा ३१७ कक्षाकोठा पूर्ण रूपमा नष्ट हुँदा ९ हजार २४८ विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।

खानेपानीका ५५ आयोजना तथा इन्टेकमा क्षति पुग्दा ९६५ घरधुरी प्रभावित भएका छन्। त्यस्तै, ४४ वटा सिँचाइ कुलो क्षतिग्रस्त हुँदा ५९० हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको छ।

सञ्चार क्षेत्रमा १९८ मोबाइल टावरमा क्षति पुगेकोमा १९३ वटा पुनः सञ्चालनमा ल्याइएको छ। कृषि क्षेत्रमा ९७३ हेक्टर जमिन प्रभावित हुँदा ४७१ हेक्टरमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको छ। पशुपन्छीतर्फ ७०२ ठूला पशु, २ हजार १२३ बाख्रा तथा भेडा र १ लाख ३४ हजार कुखुरा तथा अन्य पन्छी मरेका छन्।

बाढीले घरेलु तथा साना उद्योग, व्यापारिक प्रतिष्ठान, होटल तथा रेस्टुरेन्ट, धार्मिकस्थल र वित्तीय संस्थामा समेत ठूलो क्षति पुर्‍याएको छ। ३०० घरेलु तथा साना उद्योग पूर्ण रूपमा क्षतिग्रस्त हुँदा करिब २७१ करोड ५१ लाख रुपैयाँको क्षति अनुमान गरिएको छ। त्यस्तै, ६७ व्यापारिक प्रतिष्ठानमा २५ करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

यातायाततर्फ ४० बस, २७ ट्रक र १०३ कन्टेनर बाढीले बगाएर बेपत्ता भएका छन्। बैंकिङ क्षेत्रमा १७ शाखा र ९ एटीएममा क्षति पुगेको छ भने बैंकहरूको प्रत्यक्ष क्षति ७२ करोड ४० लाख रुपैयाँ र २ हजार १२५ ऋणीको २ अर्ब ४२ करोड ८० लाख रुपैयाँभन्दा बढी कर्जा जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology