The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बन्दैछ विराटनगर–२ को सोमबारे हाट, हट्ला त सडकको ‘हटिया ढाट’

बन्दैछ विराटनगर–२ को सोमबारे हाट, हट्ला त सडकको ‘हटिया ढाट’
ADVERTISEMENT

विराटनगर । विराटनगर महानगरपालिका–२ शंकरपुरमा सोमबार सडक पार गर्न मुस्किल पर्छ । सहरमा हटिया लाग्ने सार्वजानिक स्थानको विकल्प नहुँदा सोमबार यो स्थानमा सडकमै हाट लाग्छ । सडक जाम हुन्छ । सोमबार हाट लाग्ने भएकोले शंकरपुरको नाम नै सोमबारेमा रुपान्तरण भइसकेको छ । तर, हाट लागेका दिन हटियाकै भीड ढाट लागे जस्तो हुन्छ । ठूला सवारी पार हुने त कुरै छोडौं, साना चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी पार लगाउन समेत मुस्किल पर्छ । यो अनुभव धेरैले गरेका छन् । तर, अनुभव गर्नेहरुले पनि तरकारी खरिद गर्दा कतै पार्किङ गरेर भन्दा हटिया लागेको सडकमै रोकिदिन्छन् ।

सडक नै छेकिने गरी लाग्ने हटियाका लागि वैकल्पिक व्यवस्थापन गर्ने ठाउँ नभएपछि विराटनगर महानगरपालिकाले अहिले फुटपाटलाई व्यवस्थित गर्ने र सडकबाट व्यापारी पछाडी सार्ने योजना लिएको छ । त्यसका लागि मानगरपालिकाले विराटनगर–२ सोमबारे हटिया–मुनालपथ सडक तथा फूटपाथ-नाला-कल्भर्ट- ट्रिकडेन-इन्टरलक ब्लक-कर्बस्टोन आरसिसी ढलानसहितको काम गरिरहेको छ । महानगरपालिकाले सोमबारे हटिया क्षेत्रको १ मिटरदेखि ३ मिटरसम्म चौडाईको फुटपाथमा इन्टरलक लगाउने छ । त्यसभन्दा अगाडी सडक र फुटपाथलाई कर्बस्टोनले छुट्याइने छ । अन्य दिन त्यो स्थानमा बस्न तथा घुमडुल गर्न सहज हुने हुनेछ । हटियाका दिन नालामाथिको भागसहित फुटपाथमा मेला लाग्नेछ । विराटनगर महानगरपालिकाका इन्जिनियर सुजन श्रेष्ठका अनुसार सडक खाली हुने गरी फुटपाथ निस्कने छ । व्यापारीलाई सडकमा सामान फिजाउन दिइने छैन । अहिले झारजंगल भएको क्षेत्रलाई व्यवस्थित बनाएर इन्टरलक लगाई दिएपछि त्यहिं बसेर व्यापार चलाउन सहज हुने विश्वास राखिएको छ ।

महानगरपालिकाले यसको काम अघिल्लो वर्षदेखि नै सुरु गरेको हो । जसका लागि एक करोड १० लाख ४४ हजार लागत अनुमान गरिएको थियो । तर, सान्बी बिल्डर्स प्रा.लि.ले ८२ लाख ५० हजारमा निर्माण सम्झौता गरेको हो । सुरु सम्झौता २०८१ चैत २८ गत भएको थियो । जसमा २०८२ मंसिर २९ गतेसम्ममा सम्पन्न गर्नुपर्ने म्याद उल्लेख भएको थियो । तर, निर्माण कम्पनीले भदौको जेनजी आन्दोलनलाई देखाएर म्याद थप गराएको छ । अब २०८३ जेठ मसान्तसम्मलाई सम्पन्न अवधी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology