The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नेपाली कांग्रेसले महाधिवेशन नगरेर विशेष महाधिवेशन किन भनेको ?- ओलि !

नेपाली कांग्रेसले महाधिवेशन नगरेर विशेष महाधिवेशन किन भनेको ?- ओलि !
ADVERTISEMENT

नेपाली कांग्रेसभित्र आधिकारिकताको विवादमा प्रमुख राजनीतिक दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको पक्ष लिएका छन्। असली कांग्रेस को हो भनेर निर्वाचन आयोगमा बहस भइरहँदा ओलीले सार्वजनिक मञ्चहरूबाट देउवाको कानुनी दाबीलाई बल पुग्ने गरी अभिव्यक्ति दिएका हुन्।

‘नेपाली कांग्रेसले महाधिवेशन नगरेर विशेष महाधिवेशन किन भनेको ? ४, ५ वर्ष कार्यकाल सकिएर महाधिवेशनको मिति तोकिएको थियो । कसले बोलाउने भन्ने पनि त थिति होला नि ?’, शुक्रबार राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले भने।

विशेष गरी गगन थापा नेतृत्वको समूहले आह्वान गरेको विशेष महाधिवेशनबाट पुर्‍याइएको बहुमतलाई ओलीले ‘अवैधानिक’ र ‘थिति बाहिरको खेल’ संज्ञा दिए। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसको आन्तरिक विवादमा अर्थपूर्ण टिप्पणी गरेका हुन्। उनको प्रश्न थियो, ‘कसैले सडकमा मान्छे जम्मा गरेर बहुमत पुर्‍याएँ भन्दैमा पार्टीको वैधानिकता प्राप्त हुन्छ?’

‘बैठक कसले बोलाउने, महाधिवेशन कसले बोलाउने? यसको त निश्चित थिति होला नि!,’ कांग्रेसको गगन समूहलाई लक्षित गर्दै उनले भने, ‘सडकको भीड हेरेर बहुमत-अल्पमतको टुङ्गो लाग्दैन।’

कांग्रेसको नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशन गर्नुलाई  ‘अराजकता’ को संज्ञा दिए। देउवा पक्षलाई समर्थन जनाउँदै थपे, ‘नियमित महाधिवेशनको मिति तोकिइसकेको थियो। चार-पाँच वर्ष कति हो कार्यकाल, त्यो त विधानमा होला नि! नियमित छाडेर विशेष महाधिवेशन किन गर्नुपरेको? यो थिति मिच्ने काम मात्रै हो।’

यसअघि पनि पुस २९ गते पनि ओलीले गगन पक्षले संकलन गरेको हस्ताक्षर र विशेष महाधिवेशनको तयारीलाई ‘केटाकेटीपन’ र ‘बालहठ’ को संज्ञा दिएका थिए। ‘पार्टी चलाउने विधि र विधान हुन्छ। विधिको बाटो हिँड्न नसक्नेहरूले गर्ने दाबीहरू कपोलकल्पित र भ्रमपूर्ण छन्,’ उनले भनेका थिए, ‘यस्तो अराजकताले लोकतन्त्रलाई नै गिज्याइरहेको छ।’

निर्वाचन आयोग परिसरमा दुवै पक्षका कार्यकर्ताबीच रस्साकस्सी चलिरहँदा ओलीको यो ‘देउवा समर्थन’ले चुनाबी समिकरण र आगामी राजनीतिक ध्रुवीकरणमा समेत प्रभाव पार्ने अड्कलबाजी हुन थालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology