The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बालेनको राजीनामापछि उपमेयर सुनीता डंगोल कार्यवाहक मेयर, उपनिर्वाचनको तयारी सुरु ।

१५ महिना कार्यकाल बाँकी रहँदै बालेनको राजीनामा, राजधानी राजनीतिमा तरंग

बालेनको राजीनामापछि उपमेयर सुनीता डंगोल कार्यवाहक मेयर, उपनिर्वाचनको तयारी सुरु ।
ADVERTISEMENT

वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका बालेन शाह आज आइतबार काठमाडौं महानगरका मेयर पदबाट राजीनामा गरी पार्टी कार्यालय ‘घन्टीघर’ पुगेका छन्।

रास्वपा कार्यकर्ताको ठूलो भिडभाडबीच चमतीस्थित पार्टी कार्यालय पुगेका बालेनले प्रांगणमा रहेको घन्टी बजाएर आफ्नो पार्टी प्रवेशलाई आधिकारिकता दिएका छन्।उनलाई स्वागत गर्न पार्टी सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल लगायत नेताहरू प्रांगणमै आएका थिए। घन्टी बजाएर पार्टी प्रवेश गरेका बालेनले रास्वपामा पदभार पनि ग्रहण गरे त्यसलगत्तै उनी पार्टी कार्यालय बाहिरिएका छन्।

पुस १३ गते रास्वपा सभापति लामिछानेसँग सातबुँदे सहमति हस्ताक्षर गरेर पार्टी प्रवेश गरेका बालेन आज पहिलो पटक कार्यालय छिरेका हुन्। तर उनी १५ मिनेटभन्दा बढी कार्यालयमा बसेनन्।

उनी आजै साँझ जनकपुर जाने कार्यक्रम छ। जनकपुरमा भोलि सोमबार रास्वपाले कार्यक्रम गर्दैछ, जसमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन सहभागी हुँदै छन्।

स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयर जितेका बालेनले रास्वपाबाट फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्। उनले आइतबारैदेखि लागू हुने गरी उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका छन्।

करिब १५ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिएपछि बाँकी अवधिका लागि चुनाव हुन्छ कि हुँदैन भन्ने चासोको विषय बनेको छ। स्थानीय तह निर्वाचन ऐनले कुनै कारणबाट मेयर लगायतका जनप्रतिनिधिको पद रिक्त भए बाँकी अवधिका लागि उपनिर्वाचन हुने व्यवस्था गरेको छ।

तर त्यो बाँकी अवधि एक वर्षभन्दा कम भए उपनिर्वाचन नगर्ने व्यवस्था पनि त्यही कानुनमा उल्लेख छ।काठमाडौं महानगरका हकमा मेयरको कार्यकाल एक वर्षभन्दा बढी समय बाँकी रहेकाले उपनिर्वाचन गर्न कानुनले रोकेको छैन।

उपनिर्वाचन घोषणा गर्ने बेला जुन सरकार हुन्छ, त्यो सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति तय गर्नुपर्ने कानुनी व्यवस्था छ।

आयोगका एक अधिकारीका अनुसार आयोगले कति ठाउँमा निर्वाचन गर्नुपर्ने छ भन्ने हेरेर सरकारसँग छलफल गर्नेछ। ‘घोषणा गर्नुअघि कति ठाउँमा उपनिर्वाचन गर्नुपर्ने छ हेरिन्छ, त्यसपछि सरकारले मिति तय गर्ने हो,’ उनले भने।

चुनाव भएर अर्को मेयर नआउञ्जेल उपमेयरले कार्यवाहक भएर काम गर्ने कानुनी व्यवस्था छ। काठमाडौंका उपमेयर सुनीता डंगोल छिन्। बालेनको राजीनामापछि उनी स्वत: कार्यवाहक मेयर भएकी छन्। उनी नेकपा एमालेबाट निर्वाचित भएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

रास्वपाले महाधिवेशन अगाडि ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्दै

रास्वपाले महाधिवेशन अगाडि ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्दै

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक छ : सभापति लामिछाने

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक छ : सभापति लामिछाने

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology