The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

राप्रपाका उम्मेदवार स्वागत नेपाललाई साइबर ब्यूरोको सोधपुछ, पार्टीको कडा आपत्ति।

झापा–२ का उम्मेदवार स्वागत नेपाललाई सोधपुछ, अभिव्यक्ति विवाद फेरि सतहमा !

राप्रपाका उम्मेदवार स्वागत नेपाललाई साइबर ब्यूरोको सोधपुछ, पार्टीको कडा आपत्ति।
ADVERTISEMENT

नेपाल प्रहरीको साइबर ब्यूरोले अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ। राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले झापा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारसमेत रहेका नेपाललाई साइबर ब्यूरोले बोलाएको पुष्टि गरेका छन्।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–२ बाट उम्मेदवारी दिएका नेपाल हाल चुनावी प्रचारप्रसारका सिलसिलामा झापामै रहेका छन्। साइबर ब्यूरोले केही विषयमा स्पष्टता आवश्यक परेकाले सोधपुछका लागि बोलाइएको जनाएको छ।

यस विषयमा प्रतिक्रिया दिँदै राप्रपा प्रवक्ता श्रेष्ठले चुनावी प्रचारमा सक्रिय पार्टीका उम्मेदवारलाई बोलाएर अनावश्यक दुःख दिन खोजिएको आरोप लगाएका छन्। उनले यसलाई निर्वाचन अभियान प्रभावित पार्ने नियोजित प्रयास हुनसक्ने आशंका व्यक्त गरे।

श्रेष्ठले भने, “बोलेकै आधारमा सरकारी संयन्त्र प्रयोग गरेर नेताहरूलाई निरुत्साहित तुल्याउने प्रवृत्ति देखिएको छ, जुन लोकतान्त्रिक अभ्यासका लागि चिन्ताजनक छ।”

राप्रपाका अनुसार स्वागत नेपालले केही समयअघि ‘सरकार दलको हो, नागरिक सरकार होइन’ भन्ने अभिव्यक्ति दिएका थिए। साथै उनले देशको अवस्था नियन्त्रणमा लिन नेपाली सेनाले हस्तक्षेप गरेर नागरिक सरकार गठन गर्नुपर्छ भन्ने आशयको टिप्पणी गरेको विषयलाई लिएर साइबर ब्यूरोले चासो देखाएको जनाइएको छ।

त्यसैगरी, राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा पृथ्वीनारायण शाहसँग जोडिएको अभिव्यक्तिलाई समेत आधार बनाएर पक्राउ गर्ने प्रयास भएको पार्टीको दाबी छ।

प्रवक्ता श्रेष्ठका अनुसार नेपालले दिएको अभिव्यक्ति उनले राप्रपामा औपचारिक रूपमा समाहित हुनुअघि दिएको हो। त्यसबेला उनका भनाइहरू आंशिक रूपमा मात्रै केही सञ्चारमाध्यममा आएको र पूर्ण सन्दर्भ सार्वजनिक नभएको नेपाल स्वयंले बताएको पार्टीले जनाएको छ।

“सिंहदरबार जलाउँछु भन्नेहरूले जलाइसके, तर स्वागत नेपाललाई बोलेकै आधारमा दुःख दिने नियत आपत्तिजनक छ,” श्रेष्ठले भने। राप्रपाले यस घटनालाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भएको आरोप लगाउँदै गम्भीर ध्यानाकर्षण गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology