The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भक्तपुरको बाल सुधार गृहमा राति हिंसात्मक घटना, अवस्था नियन्त्रणमा ।

सानोठिमी बाल सुधार गृहमा तनाव: दुई समूहबीच झडप हुँदा सुरक्षाकर्मीसमेत घाइते !

भक्तपुरको बाल सुधार गृहमा राति हिंसात्मक घटना, अवस्था नियन्त्रणमा ।
ADVERTISEMENT

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा बिहीबार राति कुटाकुटसहित आगजनी र तोडफोडको घटना भएपछि केही समय स्थिति तनावग्रस्त बनेको छ। राति करिब १० बजेतिर बाल सुधार गृहमा राखिएका दुई समूहबीच विवाद चर्किएर झडपमा परिणत भएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले दुई पक्षबीच झडप भएपछि तत्काल सुरक्षाकर्मी परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। उनका अनुसार हाल अवस्था सामान्य भइसकेको छ। तर स्थिति नियन्त्रणमा लिन पुगेका सुरक्षाकर्मीमाथि समेत ढुंगा र इँटा प्रहार भएको थियो, जसका कारण दुई जना सुरक्षाकर्मी घाइते भएका छन्।

झडपका क्रममा कुटपिट हुँदा बाल सुधार गृहभित्र रहेका १३ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनी बेहोस अवस्थामा उपचाररत रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको उपचार भइरहेको छ।

दुई समूहबीच विवाद के कारणले सुरु भयो भन्ने विषय अझै खुल्न सकेको छैन। घटनाको कारण पत्ता लगाउन प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

बाल सुधार गृहमा हाल एक बालिकासहित १६४ जना रहेका थिए। घटनापछि सुरक्षाका कारण उनीहरूलाई अस्थायी रूपमा भक्तपुर र काठमाडौं जिल्ला प्रहरी परिसरका बाल निगरानी कक्षामा सारिएको छ। यससँगै सुधार गृह परिसरमा थप सुरक्षा सतर्कता बढाइएको छ।

झडपका क्रममा भएको आगजनी र तोडफोडबाट सुधार गृहमा कति क्षति भयो भन्ने पूर्ण विवरण आउन बाँकी रहेको थिमी प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरू पहिचान गरी आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology